|

काभ्रे : घरेलु हतियार ‘खुर्पा’ प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा काभ्रेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पनौती नगरपालिका- २ ठाडेका ३१ वर्षीय सन्तबहादुर तामाङको हत्याको अभियोगमा उनकै श्रीमती लालुमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

‘प्रारम्भिक अनुसन्धानमा घरायसी झगडाकै कारण हत्या भएको देखिएको छ,’ इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख अनिल घिमिरेले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं।’

मृतक तामाङको शव पोस्टमार्टमका लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.