|

पोखरा : तनहुँमा एक विद्यार्थी दुई दिनदेखि बेपत्ता भएका छन्। विद्यालय जान निस्केका व्यास–११ तनहुँका १५ वर्षीय सुसन अधिकारी बुधबारदेखि बेपत्ता भएका हुन्। स्थानीय सत्यावती माविमा कक्षा १० मा अध्ययनरत उनी मंगलबार साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको छ।

उनका साथी र आफन्त कसैकोमा पनि उनी नभेटिएपछि खोजिदिन जिल्ला प्रहरी कार्यालय तनहुँमा सुसनका बुबा गणेशले आज निवेदन दिए। 'हामीले सबैतिर फोन गरेर बुझिसक्यौँ। पहिले गइरहने ठाउँमा गएको छैन,' उनकी दिदी सृष्टिले भनिन्, 'घरमा पनि खासै नराम्रो भएको होइन। विद्यालय किन नगएको भनेर सोधेका थियौँ, भोलिपल्ट भाइ घरमै आएन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.