|

दाङ : दाङको घोराहीका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्। श्रीमतीसँग सामान्य विवाद भएपछि बुधबार राति घरबाट निस्किएका ४५ वर्षीय शुभानन्द अधिकारी घोराही– १५ तुलसीपुर चोकनजिक बिहीबार मृत अवस्थामा भेटिएका हुन्।

अधिकारी घर नफर्किपछि खोजी गर्दा बिहान ५ बजे घोराही फ्रेस हाउस नजिकै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

अधिकारीको टाउकोमा सामान्य चोट देखिए पनि उनको मृत्युको कारण खुल्न सकेको छैन। उनको मृत्युको विषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख डिएसपी भूवनेश्वर तिवारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.