|

काठमाडौं : फेसबुकमा 'फेक आइडी' बनाएर अश्लील मेसेज गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङकी २० वर्षीय एक महिलाको विषयमा उनका आफन्त तथा साथीभाइलाई निरन्तर अश्लील सन्देश तथा फोटो प्रेसित गरेर मानसिक तनाव दिँदै आएका मोरङका ३२ वर्षीय दिनेश न्यौपाने तथा काठमाडौं रामकोटकी ३१ वर्षीय रिना थापा मगरलाई प्रहरीले काठमाडौंको छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले न्यौपानेलाई मैतीदेवी र थापालाई रामकोटबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई साइबर क्राइमअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.