|

काठमाडौं : यस वर्षको शिक्षा पत्रकारिता पुरस्कार ‘नागरिक दैनिक’ पत्रिकाकी रुवी रौनियार तथा ‘एडुखबर डट कम’का सम्पादक श्रीधर पौडेललाई प्रदान गरिने भएको छ। 

‘शिक्षालय’ नामक पत्रिका तथा ‘आजको आवाज मिडिया’ले संयुक्त रुपमा उनीहरुलाई प्रदान गर्ने पुरस्कारको राशी जनही पाँच हजार रुपैयाँ रहनेछ। काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेशनल एजुकेशन अवार्डका अध्यक्ष श्याम तण्डुकारले शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले शिक्षा पत्रकार तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई समेटेर निर्णायक समिति गठन गरी त्यसको सिफारिशका आधारमा पुरस्कार दिन लागिएको जानकारी दिए। 

यसैगरी २०७३ सालको एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फबाट सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई २५ हजार राशीको वाइवाइ ज्ञानोदय पुरस्कार प्रदान गरिने जनाइएको छ। यही साउन १६ गते दिइने सो पुरस्कारका साथ १२ विधामा विद्यालय तथा विद्यार्थीलाई सम्मानसमेत गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.