|

काठमाडौं : एनआईसी एशिया क्यापिटल लिमिटेडले मेरो सेयर सेवा सुरु गरेको छ।  खातामा भएका सेयर कारोबारको जानकारी अनलाइन मार्फत हेर्न सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सहकार्यमा मेरो सेयर सेवा बिहीबारदेखि सुरु गरेको हो।

यो सफ्टवेयर मार्फत डिम्याट खाता खोलेका व्यक्तिहरुले आफ्नो खातामा भएको कारोबारको जानकारी अनलाइन मार्फत हेर्ने सुविधा लिन सक्ने व्यवस्था गरिएको छ। जसको लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निक्षेप सदस्यहरुलाई प्रदान गरेको सेवा एनआईसी एशिया क्यापिटल लिमिटेड मार्फत वार्षिक पचास रुपैयाँ शुल्क भुक्तानी गरी लिन सकिने व्यवस्था गरिएको छ।

मेरो शेयर सफ्टवेयर सञ्चालन गर्नको लागि एनआईसी एशिया बैंक लिमिटेडका सबै शाखा कार्यालयहरुबाट समेत आवेदन फारम भरी बुझाउन सकिने व्यवस्था गरेको छ। यो प्रणाली लागू गर्दा डिम्याट खाता खोलेका ग्राहकलाई सजिलै  खातामा भएको सेयर कारोबारबारे जानकारी हुने भएकोले लागू गरिएको एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बताए।

त्यस्तै एनआईसी एशिया क्यापिटलले निशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था गरेको छ भने पहिलो वर्षको डिम्याट खाता सञ्चालनमा छुटको व्यवस्था समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.