प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

खेलकुद

७ फुटबलर जसले यस सिजन क्लब फेर्न सक्छन्
SHARES

Title Photo : thesun.co.uk
साउन १२, २०७४

    एजेन्सी : युरोपेली फुटबलको नयाँ सिजन सुरु हुन झन्डै २ साता बाँकी रहँदा प्रमुख क्लबहरु खेलाडी किन्ने र बेच्ने दौडमा छन्। रियल म्याड्रिडले आफ्ना स्टार खेलाडी जेम्स रोड्रिग्वेजलाई केही समयअघि मात्रै बार्यन म्युनिखमा बेचेको छ। वायनी रुनी ९ वर्ष म्यानचेस्टरमा बिताएपछि एभर्टन फर्किएका छन्। तर यस सिजन क्लब फेर्न सक्ने स‌भावित स्टारका रुपमा धेरैको नाम चर्चामा छ। त्यसमध्ये ७ खेलाडी यस्ता छन् :

    नेमार

    विश्व फुटबलको बजारमा सबैभन्दा ठूलो भाउ ब्राजिली कप्तान नेमारको छ। उनका लागि पिएससीले २२२ मिलियन युरोको प्रस्ताव गरिसकेको छ। यो रकम पाउल पोग्बाका लागि गत वर्ष म्यानचेस्टर युनाइटेडले युभेन्टसलाई बुझाएको विश्व किर्तिमानी रकमको दोब्बरभन्दा बढी हो। यति आकर्षक प्रस्ताव आएपनि बार्सिलोना यी स्टार खेलाडीलाई क्लबमा राख्न चाहन्छ।

    नेमारले स्थानान्तरणका विषयमा मुख खोलेका छैनन्। उनले क्लबमा छाड्न खोजेका हुन कि भन्‍ने चिन्ता बार्सिलोनालाई छ। पिएसजी विश्वका धनी क्लबहरुको सूचिमा शीर्ष १० भित्र पनि पर्दैन।

    यस्तो अवस्थामा उसले कसरी नेमारका लागि यति धेरै खर्च गर्न सक्छ ? धेरैको प्रश्न छ। पिएसजीले बार्सिलोनालाई सुरुमा १ सय मिलियन युरोभन्दा धेरै रकम बुझाउने र त्यसपछि प्रतिवर्ष २० मिलियन युरोका दरले तिर्ने योजना बनाएको अनुमान गरिएको छ।

    कालियन बाप्पे

    फ्रान्सका यी टिनएजरसँग माथिल्लो श्रेणीको फुटबल खेलेको छोटो अनुभव छ। उनले २०१५ मा मोनाकोबाट पहिलो श्रेणीको लिग खेलेका थिए। १६ वर्ष ३ सय ४७ दिनमा पहिलो श्रेणीको फ्रान्सेली लिग खेल्दै उनले थियरी हेनरीको किर्तिमान तोडे। यस सिजन उनले १ गोल मात्रै गरे।

    गत सिजन भने बाप्पे मज्जाले छाए। उनले २९ खेलमा १५ गोल गर्दै मोनाकोलाई लिग जिताए। च्याम्पियन्स लिगमा मोनाकोलाई सेमिफाइनलसम्म पुर्‍याउन उनको योगदान ठूलो रह्यो। बाप्पेलाई क्लबमा भित्र्याउन म्यानचेस्टर सिटी र रियल म्याड्रिडले ठूलो प्रयास गरिरहेका छन्।

    सिटीले १ सय ४० मिलियन युरोको प्रस्ताव राखेको छ। यी प्रस्ताव मान्न मोनाको तयार भएमा विश्व किर्तिमान बन्नेछ। रियल म्याड्रिडले पनि उनका लागि यस्तै आर्कषक प्रस्ताव राखेको छ।

    एलेक्सिस सान्चेज

    सन् २०११ मा पेप गार्डीओलाले बार्सिलोना भित्र्याउँदा सान्चेज २१ वर्षका थिए। उनी अहिलेजस्तो स्टार भइसकेका थिएनन्। ‘सान्चेज युवा छन्। उनी अग्रपंक्तीमा सबै तीन पोजिसनबाट खेल्नसक्छन् ,’ त्यतिबेलै गार्डीओलाले भविष्यवाणी गरेका थिए।

    बार्सिलोनामा पहिलो सिजन सान्चेजलाई चोटले सतायो। अर्को सिजन गार्डीओला बार्यन म्युनिख गइसकेका थिए। सान्चेजले बार्सिलोनामा ३ सिजन बिताउने क्रममा १ सय ४१ खेलमा ४७ गोल गरे। उनले ला–लिगा, कोपा डेल रे र क्लब विश्वकपसहित ५ उपाधि जिते।

    सन् २०१४ मा अार्सनल आएपछि ३ सिजनमा सान्चेजले १ सय ४५ खेल खेले। उनले ७२ गोल गरे। तर यसबीच केवल ३ उपाधि जिते। २ पटक एफए कप र १ पटक कम्युनिटी शिल्ड। चिलीबाट २ पटक कोपा अमेरिकाको उपाधि जितिसकेका सान्चेजलाई इंलिस प्रिमियर लिग जित्न नसक्दाको पीडा छ। म्यानचेस्टर सिटीले उनलाई पछ्याइरहेको छ।

    पेप गार्डीओला उनका लागि उपयुक्त प्रशिक्षक हुनसक्छन्। सान्चेजलाई आर्सनल प्रशिक्षक आर्सेन विंगरले पेरिस सेन्ट जर्माइनमा बेच्न चोहका थिए। तर उनले सिटी जाने इच्छा देखाएपछि पिएसजीले खासै चासो दिएन। आर्सनल सान्चेजलाई बेच्न चाहन्‍न। कम्तिमा पनि प्रिमियर लिगकै प्रतिद्वन्द्वी सिटीमा बेच्न चाहदैँन। तर सान्चेज सिटीमै जान चाहन्छन्।

    फिलिप्प कोउटिन्हो

    ब्राजिलका २५ वर्षीय यी आक्रामक विगंर लिभरपुलका प्रमुख खेलाडी हुन्। गत सिजन लिभरपुललाई प्रिमियर लिगमा चौथो स्थान दिलाउने क्रममा उनले ३१ खेलमा १३ गोल गरेका थिए। त्यस्तै ७ वटा पास मिलाइदिएका थिए।

    लिभरपुल उनलाई बेच्न चाहदैंन। लिभरपुललाई ठूला सफलता दिलाउने महत्वाकांक्षा पालेका प्रशिक्षक जार्गोन क्लोप कुनै पनि हालतमा उनलाई क्लबमा राख्न चाहन्छन्। तर ठूला क्लबहरु विशेषगरी बार्सिलोनाले उनलाई भित्र्याउने आफ्नो योजना तिलान्जली दिएको छैन। उसले कोउटिन्होका लागि १ सय मिलियन युरोको प्रस्ताव अघि सारेको छ।

    कोउटिन्हो आफैं भने दोधारमा छन्। बार्सिलोना गएर ठूला उपाधि जित्ने या लिभरपुललाई नै ठूला उपाधि जिताउने यस विषयमा उनले तत्काल कुनै निर्णय वा संकेत दिएका छैनन्। स्टार फुटबल ब्राजिली फुटबलर नेमारले कोउन्टिनोलाई  बार्सिलोनामा स्वागत गर्ने बताएका थिए। तर नेमार आफैं पिएसजी जाने वा बार्सिलोनामा बस्ने भन्ने दोधारमा छन्।

    मार्को भेराट्टी

    इटलीका २४ वर्षीय मिडफिल्डर मार्को भेराट्टी बार्सिलोनाको नजरमा छन्। बलमाथि कडा नियन्त्रण राख्नसक्ने यी सेन्ट्रल मिडफिल्डरले इटलीबाट २४ क्याप जितिसकेका छन्। उनले सन् २०१२ देखि निरन्तर पिएसजीबाट उत्कृष्ट खेलिरहेका छन्।

    नेमारलाई पिएसजीले किन्न चाहिरहेका बेला बार्सिलोना भने यी मिडफिल्डरलाई पिएसजीबाट किन्न चाहन्छ। उनको तुलना इटलीका आन्द्रे पिर्लोसँग  हुँदै आएको छ। उनी बल नियन्त्रण गर्नसक्ने आत्मविश्वास, बललाई निकै कम स्पेसमा पनि मज्जाले होल्ड गर्नसक्ने क्षमता र दबाबबीच पनि उत्कृष्ट पासहरु निकाल्न सक्ने खुबीका कारण चर्चित छन्।

    टिमका खेलाडीहरुलाई गोलका लागि लामो दूरीबाट सटिक पास मिलाइदिन सक्नु उनको अर्को विशेषता हो।

    डिएगो कोस्टा

    गत सिजन चेल्सीले प्रिमियर लिग जित्यो। तर डिएगो कोस्टाको प्रदर्शन राम्रो भएन। उनले पर्याप्त समय खेल्न नै पाएनन्। त्यसैले यी स्पेनका यी स्टार फुटबलर पुरानै क्लब एथलेटिको म्याड्रिड फर्कन चाहन्छन्। उनका लागि चिनियाँ क्लबहरुले पनि राम्रो प्रस्ताव ल्याएका छन्।

    एथलेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनी कोस्टालाई क्लबमा फर्काउन सके ठूला उपाधि जित्न सकिन्छ भन्नेमा विश्वस्त छन्। सन् २०१४ मा कोस्टालाई चेल्सीमा बेच्नुपर्दा सिमोनी दुखी थिए।

    करिम बेन्जामा

    आर्सनल र लिभरपुलले करिम बेन्जामालाई क्लबमा भित्र्याउन चाहेका छन्। तर त्यसका लागि यी फ्रान्सेली स्ट्राइकरलाई बेच्न रियल म्याड्रिड तयार हुनुपर्छ। बाप्पेलाई क्लबमा भित्र्याउने योजनामा बनाएको म्याड्रिडले त्यसका लागि आर्थिक सन्तुलन मिलाउन टोलीका  स्टार खेलाडीलाई बेच्न सक्छ।

    यस्तो अवस्थामा जिदानले एउटा फ्रान्सेली खेलाडीलाई स्वागत गर्दै अर्का फ्रान्सेलीलाई बिदाई गर्न सक्नेछन्। बेन्जामाले रियल म्याड्रिडबाट २ पटक च्याम्पियन्स लिग तथा २ पटक ला–लिगा उपाधि जितिसकेका छन् ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]