|

भक्तपुर : चितुवाको छालासहित भक्तपुरबाट ३ जना पक्राउ परेका छन्। सूर्यविनायक– ९, पलाँसेस्थित वाटर किङ्डम रिसोर्टबाट चितुवाको छालासहित ३ जनालाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक राजकुमार सिंह नेतृत्वको टोलीले चितुवाको छालासहित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१०, शिखरपुर बस्ने वर्ष २७ को जीवन तामाङ, दोलखा तामाकोसी गाउँपालिका–२ बस्ने वर्ष २७ को सुरेन्द्र पाख्रिन र दोलखा भीमेश्वर नगरपालिका–९ बस्ने वर्ष २० को सिंहवीर तामाङलाई पक्राउ गरेको हो।

अरनिको राजर्मागसँगै रहेको वाटर फनपार्क नजिकैको सो रिसोर्टबाट पक्राउ परेका तीनै जनालाई बिहीबार नै चितुवाको छालासहित जिल्ला वन कार्यालय भक्तपुर बुझाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.