|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्ययनरत नेपाली विद्यार्थी संघ (नेविसंघ) समर्थित विद्यार्थीहरुले तत्काल क्याम्पस इकाइको अधिवेशन गरी वैधानिक नेतृत्व चयन गर्न माग गरेका छन्।

केन्द्रीय क्याम्पस कीर्तिपुरमा 'नेविसंघ अध्यक्ष हुँ' भन्दै हिँड्ने नेता नै आधादर्जन रहेको भन्दै विद्यार्थीहरुले विज्ञप्ति नै निकालेर अबिलम्ब विधिवत् प्रक्रियाका साथ अधिवेशन गराई नेतृत्व चयन गर्न केन्द्रीय कार्यसमितिसँग माग गरेका हुन्।

'यस त्रिवि केन्द्रीय क्याम्पसमा आधा दर्जन व्यक्तिहरुले म अध्यक्ष हुँ भन्ने अवस्था कायम रहनु र एकपछि अर्काले होडबाजीमा लेखिदिने प्रचलन चलाउनुलाई लोकतन्त्रको अंकुरण मान्न सकिन्छ र?' त्रिवि केन्द्रीय क्यम्पस कीर्तिपुरमा अध्यायनरत नेविसंघमा आस्थावान विद्यार्थीहरुको नामबाट प्रकाशित विज्ञप्तिमा भनिएको छ, 'त्रिवि नेविसंघ लामो समयदेखि नेतृत्वविहीन छ, तसर्थ अबिलम्ब विधिवत प्रक्रियाका साथ अधिवेशन प्रारम्भ गराई वैधानिक नेतृत्व चयन गर्न केन्द्रीय कार्यसमितिसँग आग्रह गर्दछौं।'

कुनै अधिवेशन नभएको र आधिकारिक भेला पनि नबोलाइएकाले कसैले दाबी गरेको समिति र अध्यक्षलाई आधिकारिक मान्न नसकिने उनीहरुको जिकिर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.