|

  • एक

कुवाले चिसो पानीलाई गरेजस्तै

आँखाहरूले नानीलाई गरेजस्तै

 

म पनि उसलाई त्यस्तै प्रेम गर्छु

रोगीले जिन्दगानीलाई गरेजस्तै

 

हरेक पल तिमीलाई याद गर्छु मैले

मीठो निदरीले सिरानीलाई गरेजस्तै

 

हुनु नै छ भने पनि यस्तो होस् न प्रेम

घामले सुनौलो बिहानीलाई गरेजस्तै

 

मलाई, मलाई जस्तै माया गर प्यारा

नगर फलानी, ढिस्कानीलाई गरेजस्तै।

 

  • दुई

प्रेम नगरतिरको सफरले गर्दा

घायल छु तिम्रो एक नजरले गर्दा

 

चाहन्छु सामीप्य त्यो मनको तर

पाइला सार्न अन्कनाउँछु डरले गर्दा

 

यसोउसो गर्‍यौ तिमीतिरै मोडिन्छु

आफैँभित्रको अदृश्य रहरले गर्दा

 

अचेल यो मन आफ्नै वसमा हुँदैन

दिलमै बस्ने चकचके बाँदरले गर्दा

 

भोक, निद्रा पन्छी बनी उडेका छन्

कस्तो कस्तो अनौठो असरले गर्दा।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.