|

जाजरकोट : जाजरकोटमा फोटो सहितको मतदाता नामावलीमा १ हजार ८ जनाले आप्mनो नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालय जाजरकोटमा दैनिक मतदाता नामवलीमा नाम दर्ता गराउनेको भीड लाग्ने गरेको छ।

यसअघि, फोटोसहितको नामावलीमा नाम छुटेर भोट हाल्न नपाएका जाजरकोटका मतदाताहरु केही दिनयता मात्रै  प्रत्येक दिनमा नामावलीमा निर्वाचन कार्यालयमा १ सय ५० बढी आउँदा आफ्नो नाम दर्ता गराउन आउँदा दैनिक भीड लाग्ने गरेको हो ।  
सदरमुकामसमेत रहेको भेरी नगरपालिकाबाट मात्रै दैनिक १ सय बढी मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न कार्यालयमा आउने गरेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका प्रमुख हरिबहादुर बुढाथोकीले बताए। मतादाता नामावलीमा नाम दर्ता गराउनका लागि बिहीबारसम्म १ हजार ८ जनाले नाम  दर्ता गराएको बुढाथोकीले जानकारी दिए।

बुढाथोकीका अनुसार  ५ सय ८६ महिला र ४ सय २२ पुरुषले नाम दर्ता गराएका छन्। साथै उक्त अवधिमा जिल्लाका विभिन्न गाँउ तथा नगरपालिकाका  ४८ जना मतदाताले नामावलीमा भएको त्रुटि सच्याउन र बसाइँसराइ तथा विवाह भएर ठेगाना परिवर्तन भएकाले मतदाताको ठेगाना परिवर्तनका लागि निवेदन दिएको प्रमुख बुढाथोकीले बताए। 
छुटेका फोटो सहितको मतदाता नामावली संकलन गर्नका लागि १६ साउनदेखि ३२ गतेसम्म जिल्लाका ७ वटै स्थानीय तहमा फोटो सहितको मतदाता नामावली संकलनका लागी डेस्क स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ।
जाजरकोटका ७ वटै स्थानीय तहमा  फोटो सहितको मतदाता नामावली सूचीकृत गर्नेहरुको संख्या ७८ हजार ९ सय ५४ जना रहेको छ। जसमा ३६ हजार ५ सय ४३ महिला र ४२ हजार ४ सय १० पुरुषको संख्या रहेको छ भने, १ जना तेस्रो लिंगी रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.