|

 गुल्मी : तिज पर्वमा २ कलाकारका मात्र ४ दर्जनबढी तिज गीत सार्वजनिक भएका छन्। गायक खुमन अधिकारी र पशुपति शर्माका ४ दर्जन गीत विशेष गीतहरु आएको उनीहरुको भनाइ छ। तिज पर्वलाई मध्यनजर राखेर उक्त गीतहरु मौलिकता झल्काउने विशेष गीत बजार ल्याएको उनीहरुले बताएका छन्।

मौलिक संस्कृतिलाई जोड दिँदै गीत तयार भएकोले यसवर्षका तिज गीतले धेरै दर्शक श्रोताको मन जित्ने बताएका छन्। हिन्दू महिलाहरुको महान् पर्व आउन अब एक महिनाभन्दा पनि कम बाँकी रहँदा बजारमा तिज विशेष गीतहरु बज्न थालेका छन्।

चाडवर्पमा गाइने गीतहरुले पर्वको महत्वलाई दर्शाएको हुन्छ। तिज गीतमा लय शब्द हराइरहेका बेला यसवर्ष भने अधिकांश कलाकारहरुले पुराना भाकालाई नयाँ रुप नयाँ स्वर दिँदै सार्बजनिक गर्ने गरेका छन्।

यसवर्ष धेरैजसो कलाकारले तिज पर्वमा गाइने वास्ताविक भाव बोकेका गीतहरु ल्याउने प्रयास गरेका छन्। तिज पर्वमा मुख्य गरि दुई पक्षलाई मध्य नजर राखेर गाइने गरिन्थ्यो। पुरानो चलनअनुसार सासूले बुहारीलाई दुःख दिएका, माइत जान नपाएका, तिजमा लगाउने गरगहना कपडाहरुबारे जस्ता कथावस्तुमा गीत गाउने प्रचलन थियो।

तिजका गीतमा नारीहरुले आप्mना मनभित्र वेदना  गीतमार्फत पोख्ने प्रचलन रहेको थियो। पछिल्लो केही वर्षयता तिज विशेष गीत फरक–फरक तरिकाले आउने गरेका छन्। तर, यसवर्ष यी कलाकारले पुरानै शैलीलाई महत्व दिएका बताएका छन्।

खुमन अधिकारीका २ दर्जन बढी तिज गीत

लोकदोहोरीमा सदावहार गायका रुपमा परिचित लोकप्रिय गायक एवं गीतकार खुमन अधिकारीले यसवर्षको तिजपर्वलाई मध्यनजर राखेर झण्डै ३ दर्जन तिजका गीतहरु गाएको बताएका छन्। उनले आफ्नै कतिमा लय कतिपयमा शब्द गरी २१ वटा गीतहरु गाएको बताए।

तिज विशेष गीतहरुमा उनले ८ वटा अन्य गायिकाहरुका गीत गाएको बताए। पछिल्ला केही वर्ष उनले दर्जनबढी तिजका गीतहरु गाउने गरेका थिए। यसवर्ष बजारमा आउने गीतहरुमा केही समसामयिक प्रस्तुतिहरु रहेको गायक अधिकारीले बताए। यसवर्ष धेरै मिहिनेत गरेर धेरै तिज गीत बजारमा आएका छन्। गायक अधिकारीले भने ‘यसवर्ष केही मौलिकता जगाउने खालका गीत बजारमा आउनेछन्।’

चाडपर्वमा गीत संगीतको सुमधुर सम्बन्ध रहने बताउँदै अधिकारीले भने, ‘चाडपर्वमा आउने गीतहरुले कला संस्कृतिलाई बोकेका हुन्छन्।’ यसवर्ष बजारमा आउने गीतहरुमा केही सन्देशमूलक र मौलिक संस्कतिका साथ साथै तिजमा गाइने गाउँका वास्ताविक भाकाहरु रहेको अधिकारीले बताए।

पशुपतिका १ दर्जनबढी तिज गीत

आफ्नै लय आफ्नै शब्दमार्फत लोक गायक पशुपति शर्माका १ दर्जनबढी गीत बजारमा आउने बताएका छन्। तिज गीतसगै समाजमा घटेका यथार्थपरक कथावस्तुमा केही तिज गीतहरु तयार गरिएको गायक शर्माले बताए।

तिजका सुमधुर भाकामा केही समाजमा घटेका यथार्थ घटनाहरुलाई गीतमा समावेश गरेको छु गायक शर्माले भने ‘केही फरक खालका गीत पनि बजारमा आउनेछन्।’ गायक शर्मा संगीत क्षेत्रमा तिजका गीतबाटै बढी लोकप्रिय कलाकार बनेका हुन्। उनले केही वर्षयता निरन्तर तिजका गीतहरु ल्याउने गरेका छन्।गायक शर्माले तिज विशेष गीतहरु रेकर्ड र सुटिङको काम सकिएकोले अब तिज विशेष मेला महोत्सवमा व्यस्त रहने बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.