|

सल्यान : सल्यानमा नास्पातिको रुखबाट खसेर एकजनाको मृत्यु भएको छ। जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा न ३ काभ्राका ४७ वर्षीय चन्चल पुनको शुक्रबार नास्पतिको रुखबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ।

घरनजिकै रहेको नास्पाती टिप्न गएका उनी रुखबाट लडेर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते पुनलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै ज्यान गएको स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.