|

दमक : युवा कवि सौरभ कार्कीको कविता संग्रह ‘दृश्य बाहिर’ माथि आज झापाको दमकमा परिचर्चा गरिएको छ। दमक पब्लिक लाईब्रेरी युथ टिमको आयोजनामा ‘दृश्य बाहिर’ माथि परिचर्चा गरिएको हो।

कविता संग्रहमाथि टिप्पणीकार सीमा आभास, धनञ्जय बाँस्कोटा र सुन्दर कुरुपले टिप्पणी गरे। कवि सीमा आभासले सौरभको कविताले आमा युवाहरुको विकास र संमृद्धिको सपनालाई प्रतिनिधित्व गर्ने बताइन्।

उनले आगामी दिनमा माया–प्रितीका कुरालाई पनि कवितामा समेट्न सुझाव दिइन्। ‘पछिल्लो समय कवितामा कविहरुले क्रान्तिका कुरा मात्र उठाएका छन्। अब माया प्रितीका कुरा पनि उठाउनु पर्छ आउने कविता संग्रहमा माया प्रितीलाई जोड दिनुहोस्,’ उनले भनिन्।

टिप्पणीकार धनञ्जय बाँकोटाले सौरभको कवितामा कला रहेको बताए। उनले पहिचान इतिहासमा हुने र विचार राजनीतिज्ञले बोक्ने बताए। टिप्पणीकार सुन्दर कुरुपले कवितालले समाजलाई निर्देशन गर्ने बताए। उनले सौरभका कवितामा सामाजिक मनोविज्ञान भएको बताए। कवितामा सौरभले मान्छे भित्रको मौनतालाई समेटेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.