|

धादिङ : उत्तरी धादिङको खनियाबास गाउँपालिकास्थित दार्खा प्रहरी चौकीमा कार्यरत नेवाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई वीरबहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन्। प्रहरी चौकी नजिकै बिहीबार राति उनको हत्या गरिएको अवस्थामा शव भेटिएको घटनास्थलबाट स्थानीय मरिचमान तामाङले जानकारी दिए। 

खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक देखिएको स्थानीयले बताए। घटनास्थल प्रहरी चौकीबाट अन्दाजी १ सय मिटरको दूरीमा रहेको तामाङले बताए।बिहीबार राति ११ बजेसम्म प्रहरी चौकीकै टेन्टमा सुतेका गोर्खा निवासी असई गुरुङलाई बाहिर बोलाई हत्या गरिएको आशंका गरिएको छ। प्रहरी चौकी नजिकै प्रहरीकै रहस्यमय हत्या भएपछि दार्खाबासी आतंकित बनेका छन्।

घटनापछि जिल्ला प्रहरी कार्यालय धादिङबाट डीएसपी दीपेन्द्र पन्जियारको नेतृत्वमा घटनाको अनुसन्धानको लागि थप सुरक्षाकर्मी दार्खा परिचालन भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ। घटनास्थलभन्दा केही पर गुरुङको चप्पल, छाता र टर्चलाइट फेला परेको र उक्त ठाउँको मकैबारी माडिएको फेला परेको स्थानीयले बताए।

दार्खा प्रहरी चौकीमा प्रहरी नायव निरीक्षक (सई) को कमाण्डमा प्रहरी बस्ने भए पनि घटना हुनुअघि मृतक गुरुङलाई निमित्त चौकी प्रमुखको जिम्मेवारी दिएर चौकी प्रमुख घर बिदामा बसेको बताइएको छ। घटनापछि विदामा गएका चौकी प्रमुखलाई पनि बोलाइएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ।

‘विहीबार सहकर्मीहरु संगै खाना खाएर प्रहरी चौकी भित्रै सुतेका गुरुङ शुक्रबार बिहान चौकी नजिकैको मकैबारीमा मृत फेला परेको जानकारी पाएपछि हामी घटनास्थल तर्फ गएका छौँ,’ डीएसपी पन्जियारले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.