|
webmd.com

सुनसरी : धरानका लागूऔषध प्रयोगकर्ताहरूमा हेपाटाइटिस–सीको उच्च जोखिममा रहेको पाइएको छ। विश्व हेपाटाइटिस दिवसको अवसरमा शुक्रबार भएको कार्यक्रममा यस्तो जानकारी दिइएको हो।

लागुऔषध प्रयोगकर्ताहरूको पुनर्जीवनको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले गरेको पत्रकार सम्मेलनमा सरोकारवालाहरूले पछिल्लो समय धरानमा लागूऔषध प्रयोगकर्ताको संख्या वृद्धि हुदै गएको भन्दै नियन्त्रण नगरे भयाभह स्थिति आउन सक्ने बताए।

धरानमा पाँच हजारको संख्यामा लागुऔषध प्रयोकर्ता रहेको अनुमान छ। पाँच सय भन्दा बढी औषधी उपचार गरी सुधार हुने अवस्थामा छन्। पत्रकार सम्मेलनमा विभिन्न संस्थाका व्यक्तिहरुले लागूऔषध प्रयोगकर्ताहरूमा हेपाटाइटिस–सी को उपचार स्थानीय स्तरमा सम्भव नहुने र यसको उपचार महँगो हुने भएकाले लागुऔषध प्रयोगकर्ताहरुमा यसको संक्रमण बढ्दै जाने बताए। 

कार्यक्रममा राष्ट्रिय एचआईभी तथा एड्स महासंघ धरान, नगर एड्स समन्वय समिति धरान, रिकभरिङ धरान, सञ्जीवनी धरान र किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्र धरानले बिपन्न वर्गका संक्रमितहरुलाई हेपाटाइटिस–सी को उपचार निःशुल्क उपलब्ध गराउन माग गरे। 

संक्रमितहरुलाई उपचारको क्रममा आवश्यक भाइरल लोड तथा जनोटाइपको जाँच गर्ने मेसिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध गराउन माग गरे। हेपाटाइटिस–सीको रोकथाम तथा उपचारमा बजेट तर्जुमा गन  खोप निःशुल्क उपलब्ध गराउन पननि उनीहरूले धरान उप–महानगरपालिकालाई सुझाव दिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.