|

सिमकोट :  साउन १९ गते हुने जिल्ला समन्वय समिति हुम्लाको निर्वाचनमा  शनिवार मुख्य निर्वाचन कार्यालयमा मनोनयन दर्ता हुने भएको छ।

जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेसँग माओवादीले तालमेल गरेको छ। सभापतिसहित ४ सदस्य नेकपा माओवादी केन्द्र र उपसभापति र ३ सदस्य नेकपा एमालेले लिने गरी २ बुँदे सहमति भएको छ।

यस भन्दा पहिला नेपाली कांग्रेससंग नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समितिका लागि तालमेलको सहमति गरेको थियो। तर कांग्रेसले आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको भन्दै सहमति तोडेको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज छिमी दोर्जे लामाले जानकारी दिए।

समन्वय समितिको निर्वाचनका लागि उम्मेरदवारको मनोनय पत्र दर्ता गर्ने तोकिएको भन्दा २ दिनअघि राजधानी काठमाडौंमा उपलब्ध जिल्लाबाट प्रतिनिधित्व गर्ने दुवै पार्टीका पोलिट्व्युरो सदस्य र जिल्ला पार्टी प्रमुखले सहमति पत्रमा हस्ताक्षर गरेपछि एमाले माओवादीबीच तालमेल भएको हो। नेपाली कांग्रेसले भने एक्लै प्रतिस्पर्धा गर्ने भएको छ।

माओवादीबाट जिल्ला समन्वय समिति हुम्लाको सभापति बन्ने लगभग पक्का पक्की भएको छ। जिल्ला समन्वय समिति चयनमा जिल्लाभरका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। ७ गाउँपालिका रहेको हुम्लामा अध्यक्ष र उपाध्यक्ष गरी माओवादी केन्द्रले ६, एमालेले ४ र कांग्रेसले ४  सिट जितेको छ।

माओवादी र एमाले मिलेपछि जिल्ला समन्वय समितिमा बहुमत पुग्छ। हुम्लामा वामपन्थीको गठबन्धन भएको नेकपा एमाले पार्टीका पोलिट्व्युरो सदस्य गोरखबहादुर बोगटीले बताए। जिल्लाका स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गर्न जिल्ला समन्वय समितिको व्यवस्था संविधानमा नै गरिएको छ।

हेर्नुस् माओवादी केन्द्र र एमालेबीचको समझदारीपत्र 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.