|

काठमाडौं : सुर्खेतको फिनिडाँडाबाट सदरमुकाम सुर्खेतबजार आउँदै गरेको मिनिबस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

ना २ ख ५५६९ नम्बरको मिनिबस कपासेमा ब्रेक फेल भएर दुर्घटना भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए। सुर्खेतको लेखगाउँ गाविस फिनिडाँडाबाट सदरमुकाम आउँदै गरेको बस सदरमुकामबाट ६ किलोमिटर पश्चिममा बिहान साढे १० बजे दुर्घटना भएको प्रजिअ श्रेष्ठले बताए।

उनका अनुसार बसमा ६५ जना यात्रु थिए। बस फिनिडाँडाबाट अन्दाजी ९ बजे छुटेको थियो। घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ।

दुर्घटनामा गम्भीर घाइते भएका सविता सुनार र दीपक पौडेलको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भैरहेको छ। अन्य घाइतेलाई पनि अस्पताल पुर्‍याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.