|

काठमाडौ : कवि भवानी पौडेलको कविताकृती "समयको सारङ्गी" शनिबार राजधानी काठमाडौमा विमोचन गरिएको छ। कविता संग्रहबारे टिप्पणी गर्दै नियात्राकार प्रतीक ढकालले कवि पौडेलले जीवन र जगतका यथार्थलाई सुन्दर ढङ्गले कवितामा प्रस्तुत गरेको बताए।

'अहिले सबैभन्दा धेरै लेखिने साहित्यिक विधा कविता हो, तर उत्कृष्ट कविता खोज्न भने घोत्लिनै पर्छ," उनले भने।

थाहा खबर डटकमका प्रधान सम्पादक तीर्थ कोइरालाले आफुले पनि कुनै समय कविता लेखेको स्मरण गरे। उनले कविता लेख्न निकै गहिरो साधना आवश्यक हुने बताए। "कविता जीवनका अनुभव र अनुभूतिहरूको कलात्मक प्रस्तुती हो, सामान्य बुझाइ जस्तो होइन," उनले भने।

कोइरालाले पौडेलका कवितामा कवित्व पाइने बताए। समालोचक प्राडा खगेन्द्रप्रसाद लुइटेलले कविताका गुणले सम्पन्न कविता भवानीले लेखेको बताए। आफ्नी विद्यार्थीसमेत रहेकी कवि पौडेलले साँच्चै गहिरो साधनाबाट सो कृति तयार पारेको प्राडा लुइटेलको भनाइ छ उनले  कवि पौडेललाई अझ उत्कृष्ट सिर्जनाका लागि शुभकामना दिए।

 प्रमुख अतिथी पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले पौडेलका कविताले समय र समाजलाई राम्ररी चित्रण गरेको बताए। शिल्प र विषयले तानेको उनको भनाइ थियो। वरिष्ठ पत्रकार रामचन्द्र हुमागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको आयोजना राष्ट्रिय लोक सन्चारकर्मी नेपालले गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.