|

इस्लामावाद : पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग,नवाज (पीएमएल–एन) पार्टीले अन्तरिम प्रधानमन्त्रीका लागि पूर्व पेट्रोलियम मन्त्री साहिद खाकान अब्बासीलाई अघि सारेको छ। 

यसअघी अदालतले अयोग्य घोषित गरेपछि प्रधानमन्त्री नवाज सरिफले राजीनामा दिएका थिए। सरिफले आफ्ना भाई शहवाजलाई नयाँ प्रधानमन्त्रीका रूपमा अघि रसारेपछि यसमा पार्टीभित्रबाट मौन समर्थन देखिएको थियो।

तर शेहवाज प्रधानमन्त्री हुन संसद् सदस्य हुनुपर्ने पाकिस्तानी प्रावधानले केही समस्या देखिएको छ। पाकिस्तानी संविधान अनुसार ४५ दिन अन्तरिम प्रधानमन्त्री बनाउन सकिने व्यवस्था छ। 

शहबाजले पहिले पञ्जाब प्रान्तको मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्नेछ र त्यसपछि केन्द्रीय संसदको तल्लो सदन ‘नेशनल एसेम्बली’को उपचुनाव जित्नुपर्नेछ। 
सरिफले आफ्ना विश्वास पात्रका रूपमा समेत लिँदै आएका अब्बासीलाई अन्तरिम प्रधानमन्त्री बनाएर आगामी केही समयभित्र निर्वाचन प्रक्रिया मार्फत भाई शहवाजलाई उपनिर्वाचनबाट केन्द्रीय संसदको सदस्य बनाउने र उनलाई नै भावी प्रधानमन्त्री बनाउने रणनीति लिएका छन्। 

तर शेहवाजलाई प्रधानमन्त्री बनाउन अब्बासीको राजीनामा आउनुपर्ने हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.