|

सुर्खेत : जाजरकोटको विकट त्रिवेणी नलगाड नगरपालिका वडा नम्बर १३ सिउनका २१ वर्षका आकाश भण्डारीलाई आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ।

बिरामी भएर थला परेको २ महिना बितिसक्दा पनि रोगको पहिचान हुन नसक्दा उनको परिवार चिन्तामा छ। आर्थिक अभावको कारण आफ्ना छोराको उपचारमा समस्या भएकाले छोराको उपचारका लागि सहयोग गरिदिन आकाशका बुबा बलबहादुर भण्डारीले स्वदेश तथा विदेशमा रहने सबैलाई आग्रह गरेका छन्। 

घरमा बुवा, आमा र भाइ भएका भण्डारीको परिवार भारतमा बसेर केही समयअघि नेपाल फर्किएको थियो।  गाउँ फर्केपछि आर्थिक समस्यासँग जुध्दै आएको योपरिवारलाई अहिले दैनिक छाक छार्न समेत मुस्किल भएको भण्डारीले बताए। 

आकाशका बुबाले छोराको उपचारका क्रममा घरमा भएको पैसा र जमिन सबै सकिएपछि अझै रोग पत्ता लाग्न नसकेको पीडा सुनाए। उनले सहयोग गरिदिने आफन्त समेत कोही नभएका कारण आफ्नो छोराको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्।

केही दिनअघि मात्र आकाशलाई थप उपचारको लागि नेपालगन्ज पुर्‍‍याइएको छ। आकाशलाई जाजरकोटबाट नेपालगन्ज लैजानका लागि सामाजिक अभियन्ता लक्ष्मण रसाइलीले हवाईजहाज र चेकजाँचका क्रममा लाग्ने सम्पूर्ण उपचार खर्चको व्यवस्था गरिदिएका थिए। 

रसाइलीले आर्थिक अभावकै कारण आकाशको  सिटी स्क्यानको रिपोर्ट समेत निकाल्न नसकेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.