|

पोखरा : लेखनाथ महानगरपालिका–२६ सेदीबगर रातमाटेमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

पोखरा–१८ पामेबाट पोखरा फर्किने क्रममा राति ग १ य ८७९ नम्बरको जीप रातमाटेबाट फेवाताल नजिक खसेको थियो। दुर्घटनामा परी भोजपुर दमना गाउँपालिका घर भई पोखरा बस्दै आएका रामप्रसाद राईको मुत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।

गम्भीर घाइते भएका भोजपुर घर भई पोखरा लेखनाथ–१० बुद्धचोक बस्ने विष्णु राई र भक्तबहादुर राईको उपचार पोखरा गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटलमा भइरहेको छ। आईसीयुमा राखेर उनीहरूको उपचार भइरहेको छ। जिपमा रहेका अन्य ३ जना सामान्य रहेको र उनीहरुको पनि पोखरामै उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.