साहित्य

पाँच वर्षको प्रयासपछि तयार भयो कुसुण्डा भाषाको शब्दकोष
SHARES

साउन १५, २०७४

    देउखुरी : लमही नगरपालिका ६ कुलमोहरकी ज्ञानीमैयाँ कुसण्डा ८१ वर्षकी भइन्। उनी लोपोन्मुख कुसुण्डा जातिको भाषा पूर्णरुपमा बोल्न सक्ने एक जना जीवित व्यक्ति हुन्।

    नेपालमा अहिले कुसुण्डा जातिका एक सय ५० जना मात्रै छन्। तर, पूर्ण भाषा बोल्न जान्ने ज्ञानीमैयाँ मात्र हुन्। 'म मरे भने भाषा पनि लोप हुन्छ, म जीवित रहँदासम्म यो भाषा बाँचेको छ, मेरो शेषपछि के हुने होला' उनले चिन्ता व्यक्त गरिन्, 'म मरे भने पनि अब यही पुस्तकले कुसुण्डा जातिको भाषा बचाउने भयो।'

    दाङको लमहीमा शनिबार लोपन्मुख कुसुण्डा जातिको भाषालाई आधार मानेर लेखिएको पुस्तकको विमोचन कार्यक्रममा ज्ञानीमैयाँले कुसुण्डा आफ्नो भाषा लोप हुन थालेकोमा चिन्ता ब्यक्त गरिन्। कुसुण्डा जातिको 'कुसुण्डा जाति र शब्दकोष' अनुसन्धानकर्मी उदयराज आलेले तयार गरेका छन्।

    आलेले पाँच वर्षको अध्ययन, अनुसन्धानपछि पुस्तक तयार पारेका हुन्। देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चले आयोजना गरेको कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.कुलप्रसाद कोइरालाले पुस्तकको विमोचन गरे। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले भाषा मरेमा सिङ्गो सभ्यता नै समाप्त हुने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]