मनोरञ्जन

दमकका दर्शकलाई भावुक बनाए गायक दीप श्रेष्ठले
SHARES

साउन १५, २०७४

    दमक : झापाको दमकमा एकल सांगीतिक साँझ विरलै हुने गर्छ। युवा पुस्ताका लागि कन्सर्टहरु आयोजना गरिने भए पनि त्यहाँ वृद्धवृद्धा सहभागी हुँदैनन्। तर, शनिबार साँझ दमकमा भएको एक सांगीतिक साँझमा भने वृद्धवृद्धा, युवा युवतीदेखि सबै सहभागी भए। कार्यक्रममा प्रत्यक्ष संगीत बजाएर सबैलाई मनोरञ्जन दिलाए गायक दीप श्रेष्ठले। २०३० को दशकमा धेरै चर्चा पाएका गायक हुन् श्रेष्ठ। शनिबार साँझ दमकको महोल नै भिन्दै थियो।

    दमकमा रहेको सप्तरङ्गी एफएमले आयोजना गरेको सप्तरङ्गी सुमधुर साँझमा उनले आफ्ना चर्चित गीत दर्शकमाझ पस्के। दर्शकहरुले खचाखच दमकस्थित कस्मिक पार्टी प्यालेसको हलमा गायक श्रेष्ठले आफ्ना चर्चित १५ वटा गीत गाए। करिब २ घन्टा समय लिएका गायक श्रेष्ठले दर्शकको ताली भने राम्रै पाए। उनले आफ्नो प्रस्तुति दिने क्रममा कहिले दर्शकलाई भावुक बनाए त कहिले छमछमी नचाए।

    २०२५ सालमा धरानबाट काठमाडौं गएर राजा महेन्द्रको अगाडि गाएको गीत ‘म त पथ्थरको देवता होइन तोडिएर जोडिन’ देखि गाउन सुरु गरेका श्रेष्ठले आफ्नो चर्चित गीत ‘मत दूरदेखि आएँ’ सम्म गाउन भ्याए। उनले गीत गाउने क्रममा आफूलाई सधंै नयाँ गीतहरु सिर्जना गरिरहन मन लाग्ने बताए।

    उनले भने, ‘मलाई सधैं नयाँ केही गरौं भन्ने लाग्छ, त्यही भएर सधैं नयाँ–नयाँ कम्पोज गरिरहन्छु।’ उनले आफूहरुको अहिले जस्तो आफूहरुको पालामा नभएको बताए।  उनले भने, ‘हाम्रो पालामा अहिले जस्तो प्रविधि थिएन, रेडियो नेपालमा गीत रेकर्ड गराउनुपर्थ्यो, एकैपटकमा रेकर्ड गराउन सकेहुन्थ्यो, नसके हुँदैन थियो।’

    तर उनले रेडियो नेपालमा रेकर्ड गर्ने बेलामा कहिले नबिगारेको बताए। उनले भने, ‘मैले कहिल्यै बिगारिन, सधैं म वान टेकमै जान्थें, मेरो रेकर्डको दिन भएपछि बाजा बजाउने साथीहरु पनि सतर्क हुनुहुन्थ्यो।’ आफ्नो प्रत्येक गीतमा केही न केही कथा हुने गरेको बताए।

    अउनले गीत प्रस्तु गर्न लिएको २ घण्टाको समयमा गीतकार शिवशंकर थापाको राम्रै प्रशंसा गरे। उनको प्रशंसामा अगाडि रहेका गीतकार थापा भने मुस्कुराइरहेका थिए। श्रेष्ठले आफू थापाकै गीत गाउन पाएर यतिका चर्चा बटुल्न पाएको बताए। उनले भने, ‘म यहाँसम्म आइपुग्नुमा शिवशंकरको ठूलो हात छ, उसको यस्तो राम्रो सिर्जनाले म यहाँसम्म आएको हुँ, तर उसले पनि मैले गर्दा नै चर्चा पाएको छ।’

    यस्तै, वृद्ध अवस्थाका गायक एलपी जोसीले उनलाई बीचमा साथ दिए। जोसीले आफ्नो ६२ वर्ष पुरानो ‘ रिटिङ रिटिङ नबजाउ बियानो’ गीत प्रस्तुत गरे। उनले आफू ८२ वर्ष पुगे पनि जोस भने युवा अवस्थाकै जस्तो रहेको बताए।

    यस्तै, श्रेष्ठको गीतले भावुक भएका दर्शकलाई गायक ज्योति घिमिरेले पप गीत गाएर नचाएका थिए। कार्यक्रममा बोल्दै सप्तरङ्गी एफएमका अध्यक्ष मेहेरमान लिङ्देनले पुराना गीत संगीतलाई युवा पुस्ताले बिर्सन लागेकाले यस्तो कार्यक्रमको आयोजना गरिएको बताए। उनले भने, ‘पछिल्लो समय युवा पुस्ताले हाम्रो पुरानो गीतलाई बिर्सिए, त्यसकारण यो कार्यक्रमको आयोजना गरेका हौं।’

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरका झापा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]