|

डडेल्धुरा : डडेल्धुरा जिल्ला मह उत्पादनको क्षेत्रमा देशकै प्रख्यात मानिन्छ। अहिले जिल्लामा मौरीपालन व्यवसाय गरी कृषकहरुले मनग्य आन्दानी गर्न थालेका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका ५ खन्नेखोला, सिरोला, उमरा र गजेला बस्तीका कृषकहरु मौरीपालन व्यवसायतर्फ आकर्षित भई मनग्य आन्दानी गर्न थालेका हुन्।

मौरीका लागि प्रशस्त चिउरीको विरुवा र उचित हावापानी भएकाले यहाँका किसानहरु मौरीपालन व्यवसायबाट राम्रो आम्दानी भइरहेको बताउँछन्। डडेल्धुरामा अहिले गाउँपालिकाका पढेलेखेका युवा पनि जागिरको भर नपरी मौरीपालन व्यवसायमै लागिरहेका देख्न सकिन्छ।

तीनवटा घारबाट मात्रै व्यवसाय सुरु गरेका कृषक टीकादत्त अवस्थीले अहिले ४० वटा घारमा व्यवसाय गरिरहेको र गत वर्ष २ क्विन्टल मह उत्पादन गरी प्रतिकेजी ६ सय २० का दरले बिक्री गरेको बताएका छन्। गतवर्ष मह बिक्री गरेर १ लाख २४ हजार कमाएको उनले सुनाए।

कृषक टीकादत्त अवस्थीले भने, ‘यहाँ मौरीपालन व्यवसाय गर्नका लागि राम्रो वातावरण छ’ ‘अहिले मह बेचेर मनग्य अम्दानी गर्न थालेको छु’ उनले भने विशेष गएर अर्काको देशमा गएर काम गर्नभन्दा आफ्नै देशमा केही गर्नपर्ने बताए।

आफ्नो देशमै केही गर्नपर्छ भनेर मौरीपालन व्यवसायतिर लागेको उनको भनाइ छ। आन्दानीको पैसाले घर खर्चका साथै मौरी व्यवसायतिर नै गरिरहेको उनले बताएका छन्। यस्तै, सोही ठाउँका अर्का कृषक रघुनाथ अवस्थीका पनि ४ सय घरमा मौरी छन्। उनी भन्छन्, ‘मौरीपालन व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ’ ‘घर खर्चका साथै छोराछोरीको पढाइको खर्च चलिरहेको छ।’

एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत मौरीका घार वितरण

मह उत्पादनको थलो र पकेट क्षेत्र बनाउने उद्देश्यले नवदुर्गा गाउँपालिका ५ मा रहेको चिउरी फूल घरबारी व्यवस्थापन कृषक सहकारी संस्थाका कृषकहरुलाई ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत मौरीघारहरु वितरण गरिएको छ।

उद्योग वाणिज्य संघ डडेल्धुरा र जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको सहयोगमा नवदुर्गा गाउँपालिका किसानहरुलाई ८० ओटा मौरीघार वितरण गरिएको हो। नेपाल उद्योग वाणिज्य महासंघ र कृषि विकास मन्त्रालयको संयुक्त प्रयासमा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत कृषकहरुलाई मौरीघार वितरण गरिएको हो। ७५ प्रतिशत कार्यक्रमको अनुदान तथा २५ प्रतिशत कृषकको लगानीमा मौरीघार वितरण गरिएको जनाइएको छ।

आफ्नो क्षेत्रमा चिउरी विरुवाको प्रशस्त बारी भएकाले मौरीपालन व्यवसाय गर्नमा सहज भइरहेको र आपूmले व्यावसायिक रुपमा नै मौरीपालन गर्दै आइरहेको चिउरी फूल घरबारी व्यवस्थापन कृषक सहकारी संस्थाका अध्यक्ष डम्बरी अवस्थीको भनाइ छ। डडेल्धुरामा उत्पादन भएको मह तराईका जिल्लाका साथसाथै काठमाडौंसम्म पनि आयात हुने गरेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्ट बताउँछन्।

कृषकहरुको जीवनस्तर वृद्धि होस् र मौरीपालनलाई व्यवसायिक रुपमा अगाडि बढाउन भन्ने उद्देश्यले घारहरु वितरण गरिएको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष खेमराज पनेरुले बताएका छन्। परम्परागत रुपले मौरीपालन व्यवसाय गर्दै आएको भए पनि उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयद्वारा अनुदानमा मौरीका घारहरु उपलब्ध हुँदा कृषकहरु थप उत्साहित बनेका छन्। मौरीपालन, मह उत्पादन र बजारीकरणका लागि थप सामग्री पाएपछि कृषकहरुलाई अझैं सहयोग पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.