विचार

महिलामा हरियो साउनः धार्मिक, साँस्कृतिक पक्ष
SHARES

साउन २२, २०७४

    साउन महिनामा खासगरी हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको पूजा आराधना गर्ने र ब्रत बस्ने परम्परा छ। यो एउटा धार्मिक समुदाय र संस्कृतिका लागि पवित्र महिना हो। 

    यो महिनाभर महिलाहरू शुद्ध शाकाहारी खाना खाने अथवा यो महिनाको सोमबार ब्रत बस्ने गर्दछन्। पार्वतीले साउन महिनाभरि निराहार रही कठोर ब्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको धार्मिक विश्वास छ।

    यसै गरी साउन महिनाको महिमा के पनि छ भने हत्केलामा जति बढी गाढा मेहन्दीको रङ राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ। तर, सबै महिलाले यही विश्वासमा मेहन्दी लगाएका भने होइनन्। यो एउटा फेसनका रूपमा बिस्तार हुँदै छ आजभोलि।

    साउन महिनामा गाउँ शहरमा धेरैजसो महिलाका हात मेहन्दी र रङ्गी विरङ्गी चुराले सजिएको देख्न सकिन्छ। साउन महिना नेपाली हिन्दू नारीहरूका लागि विशेष महत्त्वको महिना हो। यो महिना सुरु हुन नपाउँदै महिलाहरू रंगीन हुन थालेका छन्। हरियो, रातो, पहेँलो चुरा, पोते, हातमा मेहन्दी र शरीरमा लुगा पनि हरियो नै देख्न पाइन्छ साउन महिनामा महिलाहरूको।

    केही वर्षयता नेपाली महिलाहरू साउन महिनाभर हरियो रङमा रङ्गिन थालेका छन्। यो महिनाभर हरियो रङले विशेष महत्त्व राख्छ। आफन्तलाई भेट्न जाँदा महिलाहरूले एकअर्कालाई हरियो चुरा, टीकालगायत शृंगारका सामग्री उपहार लिएर जाने कुरा एकअर्कामा माया साटासाट गर्ने माध्यम बनेको छ। बालिका, युवती, वयष्क वा वृद्ध सबैलाई साउन महिनामा हरियो रङ नै मनपर्छ।

    साउन महिनामा खासगरी हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको पूजा आराधना गर्ने र ब्रत बस्ने परम्परा छ। यो एउटा धार्मिक समुदाय र संस्कृतिका लागि पवित्र महिना हो। 

    यो महिनामा महिलाहरू शुद्ध शाकाहारी खाना खाने अथवा यो महिनाको सोमबार ब्रत बस्ने गर्दछन्। पार्वतीले साउन महिनाभरि निराहार रही कठोर ब्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको धार्मिक विश्वास छ। त्यसैले पनि महिलाहरूले धार्मिक र सांस्कृतिक रूपमा यो महिनालाई बढी महत्त्व दिएको पाइन्छ।

    साउनमा हरियो, पहेँलो र रातो चुरा, पोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई शौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकको रूपमा लिइन्छ। यसकारण पनि साउन महिनामा हरियो, पहेँलो, रातो सम्मिश्रण गरी लगाउने चलन स्थापित हुँदै गएको पाइन्छ।

    रङ्गीचङ्गी चुरा, पोते र कपडासँगै साउन महिनामा हातभर मेहन्दी लगाउने चलन पनि छ। हाम्रा आमा, हजुरआमाहरूले पहिले पहिले मेहन्दीको ठाउँमा तिउरे लगाउने गर्नुहुन्थ्यो। त्यतिबेला अहिले जस्तो बुट्टा भने भरिँदैनथ्यो। असारको अन्तिम रात हातमा तिउरे लगाएर रातभर राख्ने र साउनको १ गते बिहान धुने चलन थियो। अहिले मेहन्दीले त्यो ठाउँ लिएको छ।

    हत्केलामा जति बढी गाढा मेहन्दीको रङ राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। तर, सबै महिलाहरूले यही विश्वासमा मेहन्दी लगाएका भने होइनन्। यो एउटा फेसनका रूपमा बिस्तार हुँदै छ हिजोआज।

    हाम्रा दिदीबहिनीहरूले लगाउने चुरा अनि मेहन्दी नेपालमा उत्पादन हुँदैनन्। सबै भारत तथा तेस्रो मुलुकबाट आयातीत वस्तुहरू हुन्। जुन हरियो चुरा र मेहन्दी छन्, त्यसको मूल्य ५० रूपैयाँभन्दा बढी नै हुन्छ। 

    साउन महिना लागेपछि हरियो चुरा र मेहन्दी लगाउनेको संख्या बढ्दै छ। खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन्। पहिले धर्म, संस्कृति मान्ने पाका महिलाहरूमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीका लागि फेसन जस्तो भएको छ।

    साउन महिना हरियाली प्रकृतिको महिना भनेर चिनिने गरिन्छ। हिन्दू धर्मशास्त्रमा त साउन महिना महिलाहरूको शक्तिको महिना भनेर व्याख्या गरिएको छ। साउन महिनाको हरियो रङलाई उर्वर शक्तिका रूपम मानिने गरेको छ। साउन महिनामा भएको प्रकृति परिवर्तनले हामी मानिसहरूको हार्मोन नै परिवर्तन गरिदिने गर्दछ, जसको प्रभाव आफ्नो शरीर अथवा मनमा परेको हुन्छ।

    साउनमा हरियो चुरा अनि मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुन्छ, सर्पदंशबाट जोगिइन्छ आदिआदि विश्वास छ। तर हरियो चुरा र मेहन्दी लगाउँदा घरपरिवारमा कुनै अनिष्ट हुनबाट बचाउँछ भन्ने कुरा गलत हो। यो त अर्काको नक्कल गर्ने काम मात्र हो।

    साउन लागेदेखि रातो, पहेँलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरूको मन्दिर र बाटोघाटोमा चहलपहल बढेको देखिन्छ। एक जनाले लगाएको देखेपछि अर्कोलाई पनि लगाउन मन लाग्छ। त्यसैले संस्कृति र परम्परा नबुझेका किशोरी र बालिकाहरू पनि साउनमा मेहन्दी लगाएर फुरफुर हुन्छन्। यसलाई बजारीकरणको रूपमा पनि लिन सकिन्छ।

    पौराणिक मान्यताअनुसार साउन महिना देवताहरूका पनि देवता महादेव शंकर अर्थात् शिवको महिनाका रूपमा लिइन्छ। यो धार्मिक आडम्बरबाहेक केही होइन। मेहन्दी नेपालमा बन्दैन। मेहन्दी लगाउने परम्परा सुरु भएको पनि भारतबाटै हो।

    साउनमा हरियो चुरा अनि मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुन्छ, सर्पदंशबाट जोगिइन्छ आदिआदि विश्वास छ। तर हरियो चुरा र मेहन्दी लगाउँदा घरपरिवारमा कुनै अनिष्ट हुनबाट बचाउँछ भन्ने कुरा गलत हो। यो त अर्काको नक्कल गर्ने काम मात्र हो।

    खै, कुन दर्शन अथवा कुन धर्मको धार्मिक ग्रन्थ वा दर्शनशास्त्रमा भनेको छ कि साउन महिनामा हरियो चुरा अनि मेहन्दी लगाउनुपर्छ भनेर। देखासिकी गर्ने प्रचलन बढेको मात्र हो नेपालमा।

    अझै आधुनिक दिदीबहिनीहरू, जो समाजका शिक्षित वर्गमा पर्दछन्, उनीहरूले पनि यसलाई आफ्नो संस्कृतिको रूपमा वकालत गर्नु लाजमर्दो कुरा हो। नबुझेकाहरूले त अनुसरण गरे गरे, शिक्षित मानिसले अन्धभक्त हुनु उचित कुरा हो र! कला र संस्कृतिको नाममा नेपालमा अनेकन विकृति आइरहेको देखिन्छ, त्यसकै एउटा उदाहरण साउन नबनोस्। 

रमेश पराजुली

पराजुली थाहाखबरका लागि सिन्धुपाल्चोकबाट पत्रकारिता गरिरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]