|

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका ९ की जमुना तामाङ स्थानीय तहको पहिलो चरणमा भएको निर्वाचनमा उत्साही भएर मतदान गर्न गर्न मतदान केन्द्रमा पुगिन्। निर्वाचन केन्द्रमा पुगेपछि मतदाता नामावलीमा आफ्नो नाम नपाएपछि निराश भएर फर्किन बाध्य भइन्।

‘मतदाता नामावलीमा पहिले पनि नाम दर्ता गराएको हो’ उनले भनिन्, ‘पहिले पनि नाम त दर्ता गराएकै थिएँ किन हो मेरो नाम चाहिँ छुटेर आएछ त्यसैले अहिले पुनः फोटो खिचाउन आएकी हुँ।’

पहिला काठमाडौं बस्दै आएका चौतारा साँगाचोकगढी नगरपालिका ९ कै राम बहादुर तामाङलाई मतदाता नामावलीमा नाम दर्ता गराउन पर्छ भन्ने कुनै जानकारी नै थिएन। दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै काठमाडौंबाट मतदान केन्द्रमा आइपुग्दा पहिल्यै निर्वाचन केन्द्रमा नाम दर्ता गराउनपर्ने सुन्दा आश्चर्यमा परे।

वर्षाको बेलामा खेती लगाउन जिल्ला फर्केका उनी निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन कार्य जारी रहेको जानकारी पाउनासाथ एकदिन मिलाएर नाम दर्ता गराउन निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेको लाइन बस्न आएको बताए।

 २७ सयले गरे नाम दर्ता

जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकमा आइतबार साझसम्मका २७ सयले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। नाम दर्ता गराउनेमा ११ सय ६५ महिला र १५ सय ३५ पुरुष रहको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए।

‘आइतबारसम्म जतिले निर्वाचन कार्यालयमा आएर नाम दर्ता गराएका छन्, अब आजबाट १२ वटै स्थानीय तहबाट मतदाता नामावलीमा नाम दर्ता गराइनेछ’ उनले भने।सिन्धुपाल्चोमतदाता  नामावलीमा नाम दर्ता गराउन बिहानदेखि साँझसम्म उस्तै लाइन देख्न सकिन्छ।

नागरिता लिनेको घुइँचो

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा नागरिता लिनेको घुइँचो लागेको छ। फोटो सहितको मतदाता नामावली दर्ता गर्न नागरिकता अनिवार्य भएकाले नागरिता लिनेको संख्यामा वृद्धि भएको हो।

खेती लगाउने महिनामा पहिले खासै सेवाग्राही नहुने भए पनि यसवर्ष मतदाता नामावलीमा नाम गर्दा गराउन नागरिकता अनिवार्य आवश्यकता पर्ने भएकाले घुइँचो भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हेमराज फुँयालले जानकारी दिए। फुँयालका अनुसार पछिल्लो एक सातमा दैनिकजसो करिब २ सयभन्दा धेरैले नागरिकता लिन आउने गरेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.