|

चितवन : आर्थिक वर्ष २०७३/७४ मा चितवनमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा १ हजार २१४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार गएको एक वर्षमा विभिन्न खालका २८ वटा आपराधिक घटना भएको र घटनामा संलगन रहेको आरोपमा सो संख्यामा व्यक्तिहरुलाई पक्राउ गरी कारबाही गरिएको हो।

उनीहरुविरुद्ध १ हजार १०० वटा मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। कतिपय मुद्दा टुंगिएको र कतिपय अझै विचाराधीन अवस्थामै रहेको प्रहरीले जनाएको छ। गएको वर्ष घटेका आपराधिक घटनामध्ये सार्वजनिक अपराध ऐन अन्तर्गतका घटना बढी रहेका छन्।

सो अपराधअन्तर्गत ७३७ जनालाई पक्राउ गरिएकोमा ५११ जनाविरुद्ध मुद्दा दर्ता भएको थापाको भनाइ छ। त्यसपछि जुवा खेल्नेविरुद्ध १३ मुद्दा दर्ता गरी ११६ जनालाई कारबाही गरिएको छ। यस्तै सवारी ज्यान सम्बन्धी १०४ वटा मुद्दामा ९९ जना र लागुऔषध सम्बन्धी ५२ मुद्दामा ९६ जनालाई पक्राउ गरी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जवरजस्ती करणीका २९ घटनामा ३५ जना, बहुविवाहका ११ वटा मुद्दामा १९ जना, सवारी ज्यानको १०४ घटनामा ९९ जना, कर्तव्य ज्यानतर्फ ८ वटा घटनामा १३ जना, जबरजस्ती करणी उद्योगअन्तर्गत २५ घटनामा २५ जना तथा चोरीका २० घटनामा ३३ जनालाई पक्राउ गरी कारबाही गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए।

यसका अलावा गौबध, बाल यौनदुराचार, बोक्सी आरोप, निर्वाचन कसुर, किर्ते, खुन, डाँका लगायतका घटनाहरु रहेको प्रहरीले जनाएको छ। आपराधिक क्रियाकलप नियन्त्रणमा प्रहरीले सुराकीसमेत परिचालन गरेर सुरक्षा चुस्त पार्ने गरेको प्रहरी नायव उपरिक्षक दीपक श्रेष्ठ बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.