प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

राजनीति

मोरङमा मदन भण्डारी स्मृति संग्रहालयको निर्माण कार्य तीव्र
SHARES

साउन १७, २०७४

    दमक : मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानले जननेता मदन भण्डारीको संग्रहालय स्थापनाका लागि भवन संरचना निर्माण तीव्र रुपमा थादेको छ। तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीबारे युवा पुस्तालाई जानकारी दिने उद्देश्यले प्रतिष्ठानले संग्रहालय बनाउन लागेको बताएको छ। संग्रहालयमा मदन भण्डारी जन्मेदेखि दासढुंगा दुर्घटनासम्मका सामग्रीहरु राखिने प्रतिष्ठानका सामाजिक शाखा अधिकृत रुद्र बहादुर तमाङले जानकारी दिए।

    उनले भने, ‘संग्रहालयमा हामी मदन भण्डारीले जन्मँदादेखि मृत्युसम्म प्रयोग गरेका सामग्रीहरु राख्नेछौं, दासढुंगा दुर्घटनामा दुर्घटनाग्रस्त गाडी पनि यहाँ ल्याउने छौं।’ उनले संग्राहलयमा भण्डारीको ताप्लेजुङस्थित ढुंगे साँगुमा भएको घर, उनको इटहरामा भएको घर, तथा काठमाडौं डेरा बस्दाको घरसमेत त्यहीँभित्र निर्माण गरिने बताए।

    उनका अनुसार अहिले संग्रहालयमा भण्डारीले प्रयोग गरेका लुगा, साइकल, उनले डेरामा प्रयोग गरेका कुर्सी तथा सोफासमेत निर्माणाधीन संग्रहालयमा ल्याइएको उनले बताए। संग्रहालय प्रतिष्ठानको असोज ७ गते हुने साधरणसभामा उद्घाटन गर्ने लक्ष्य रहेको तामाङ बताउँछन्। संग्रहालय २०६८ सालदेखि निमार्ण सुरु गरिएको हो।

    कति लाग्छ पैसा, कहाँबाट जुट्यो स्रोत?

    संग्रहालय पर्यटन तथा संस्कृति मन्त्रालयअन्तर्गतको पुरातत्व विभागले पटकपटक गरेर १ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको संग्राहलय निर्माण समितिका संयोजक रोमनाथ ओलीले जानकारी दिए। उनले भने, ‘संग्रहालय निर्माणमा करिब एक रोड २५ लाख पुरातत्व विभागले विनियोजन गरेको छ, त्यसमा ४० प्रतिशत हामीले आफैं अन्तरिक स्रोतबाट जुटाएका छौँ।’

     उनले संग्रहालय मदन भण्डारीलाई जिवन्त राख्न निर्माण गरिएको बताए। उनले थाहाखबरसँग भने, ‘संग्राहलय हामीले राजनेता मदन भण्डारीलाई जीवन्त राख्न निर्माण गरेका हौं, मदन भण्डारीलाई युवापुस्ताले कति सुनेर जानेका छन्, त्योभन्दा पनि उहाँको संग्रहालय हेरेर धेरै जानून् भन्ने हाम्रो उद्देश्य हो।’

    भण्डारीले विभिन्न कार्यक्रममा गरेका भाषणको अडियो तथा भिडियोसमेत राखिने उनले बताए। अहिले निर्माणधीन संग्रहभित्र मदन भण्डारीले प्रयोग गरेका लुगा बाकसमा ल्याएर राखिएको छ। सामाजिक शाखा अधिकृत तामाङ मदन भण्डारीका सामाग्री राखिएको बाकस देखाउँदै भन्छन्, ‘यो चाँहि मदन भण्डारीले प्रयोग गर्नुभएको सामग्री तथा उहाँले पढ्ने किताब राखिएको बाकस हो, यो बाकस हामीलाई खोल्ने अनुमति छैन, यो बाकस पुरातत्व विभागका केही मान्छेबाहेक अरुलाई खोल्ने अनुमति हुँदैन।’

    स्मृति पार्क पनि बन्दै

    यस्तै, भण्डारीको स्मृतिमा प्रतिष्ठान हाताभित्र स्मृति पार्क पनि निर्माण भईरहेको छ। पर्यटकहरुलाई आर्षित गर्नकालागि पार्कको स्थापना गरिएको निर्माण संयोजक ओलीले बताए। पार्कमा मदन भण्डारीको शालिक समेत राखिएको छ। यसमा पर्यटन मन्त्रालयले ५० लाख बजेट विनियोजन गरेको छ।

    यस्तै प्रतिष्ठान हाता भित्र बाल उद्यानसमेत निर्माण भईरहेको छ। उद्यानमा केटाकेटी तथा युवा युवतीका लागि स्वीमिङ पुल समेत निर्माण भईरहेको छ। पार्कमा चाहिँ आन्तरिक पर्यटकलाई आकर्षण गर्न सकिने सामाजिक शाखा अधिकृत तामाङ बताउँछन्। उनी भन्छन्,‘ संग्राहलय घुम्न आएकालाई यता पनि आकर्षणको केन्द्र हुन्छ, यसले प्रतिष्ठानलाई केही आम्दानी पनि हुन्छ’।

    संग्राहलयमा मदनका सिद्धान्त अध्ययन गर्न पाइयोस्

    भण्डारीका साइला भाइ मोहन भण्डारीले संग्रहालय स्थापना गर्दा संग्रहालयभित्र मदन भण्डारी भेटिनुपर्ने बताए। उनले भने,‘संग्रहालय स्थापन गर्दा संग्रहालयभित्र मदन भण्डारी भेटिनुपर्छ, उहाँले प्रयोग गरेका सबै सामग्री हामीले दिएका छौं,’। उनले दाइको राजनीति जीवन संग्राहलय प्रस्ट देखिनुपर्ने बताए। उनले भने, ‘दाइको संग्रहालय स्थापना हुँदै छ यो खुसीको कुरा हो, तर संग्रहालयमा दाइका सिद्धान्तहरु पनि अध्ययन गर्न पाउनुपर्छ।’

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]