बक्यौता रकम बुझाउने पहिलो प्राथमिकता

|

काठमाडौं: सरकारले लागू गरेको नेपाल क्यासिनोसम्बन्धी नियमावली २०७० को पालना गर्न नसक्दा बन्द एभरेस्ट क्यासिनो पुन: सञ्चालनमा आएको छ।२०७१ वैशाख ५ गतेबाट बन्द भएको क्यासिनो ३९ महिनापछि सोमबार रातिबाट सञ्चालनमा आएको हो। उच्च अदालत पाटनले क्यासिनो सञ्चालनमा अवरोध नपुर्‍याउन संस्कृति पर्यटन तथा नगारिक उड्ड्यन मन्त्रालय र मातहतका निकायलाई निशेधाज्ञा जारी गरेपछि क्यासिनो सञ्चालनमा आएको हो।

नेपाल क्यासिनोसम्बन्धी नियमावली २०७० ले क्यासिनो सञ्चालन गर्दा २५ करोड चुक्ता पुँजी चाहिने, २५ करोडसहित  कर चुक्ता गरेको प्रमाण हुनुपर्ने, क्यासिनोको वार्षिक रोयल्टी ५ करोड तिर्नुपर्ने व्यवस्था गरेपछि नेपालमा सञ्चालित धेरै क्यासिनोहरु बन्द भएका थिए। साथै नियमावलीले पाँचतारे होटलले सञ्चालन गरेको क्यसिनोलाई मात्रै इजाजत दिने व्यवस्थासमेत गरेको थियो।

नयाँ नियमअनुसार सञ्चालन गर्न नसकिने र पुरानै नियमअनुसार सञ्चालन गरिपाऊँ भन्दै केही क्यासिनो सञ्चालकहरु अदालत गएपछि यथास्थितिमा सञ्चालनमा अवरोध नगर्न आदेश जारी गरेको थियो। सोमबारबाट सञ्चाननमा आएको क्यासिनो एभरेस्का कर्मचारहरुले बक्यौता रकमसहित आफ्नो सञ्चयकोष माग गर्दै श्रम आदालतमा मुद्धा हालेका थिए।

त्यस्तै श्रम अदालतले तिर्न बाँकी सम्पूर्ण बक्यौता रकम तिर्न एभरेस्‍ट होटलबाट १० वर्षको लागि करारमा क्यासिनो लिजमा लिएकोको एभलोन इन्टरनेसनल प्रालिको नाममा आदेश जारी गरेको थियो।

तर, एभोलन इन्टरनेसनल प्रालिले करारमा लिएको सुविधाअनुसार क्यासिनो सञ्चालन गरिपाऊँ भनेर उच्च अदालत पाटनमा उजुरी दियो। यो उजुरीपछि असार २७ गते न्यायाधीश राजेन्द्र सुवेदीको एकल इजालसले यथास्थितिमा सञ्चालनमा अवरोध नपुर्‍याउन संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र मातहतका निकायलाई निषेधाज्ञा जारी गरेको थियो। यही निशेधाज्ञाअनुसार क्यासिनो एभरेस्ट सञ्चालनमा आएको छ। अहिले सञ्चालनमा रहेका क्यासिनोहरुमा पाँचतारे होटल पनि सञ्चालनमा छन्।

त्यस्तै, नेपाल क्यासिनोसम्बन्धी नियमावली २०७० ले क्यासिनो सञ्चालनमा पाँच तारे होट अनिवार्य गराएको छ भने सञ्चालनमा रहेका ठूला स्तरका अन्य क्यासिनोको होटलसमेत सञ्चालनमा रहेका छन्। तर, क्यासिनो एभरेस्‍टको मूल संस्था होटल एभरेस्ट होटल बन्द रहेर पनि क्यासिनो भने सञ्चालनमा आएको छ।

क्यासिनो बन्द हुने क्रममा होटल सञ्चालनमा रहे पनि २०७२ सालको भूकम्पपछि होटल एभरेस्‍ट बन्द छ।  होटल बन्द भए पनि क्यासिनो सञ्चालनमा कुनै कानुनी समस्या नपर्ने अधिवक्ता गजेन्द्रबहादुर थापा बाताउँछन्। 'अहिले क्यासिनो नियमावली २०७० नै सञ्चालनमा आएको छैन, यो नियमावलीलाई बिर्सेर काम गर्दा पनि फरक पर्दैन' थापाले थाहाखबर सँग भने। थापाले क्यासिनो अन्ना र क्यासिनो एभरेस्‍टको तर्फबाट अदालतमा बहस गर्दै आएका छन्।

३४ करोडको बक्यौता

सञ्चालनमा आएको क्यासिनोले आफ्नो नाफाबाट पहिलो प्राथमिकता तिर्न बाँकी बक्यौता तिर्ने रहेको छ। एभरेस्‍ट क्यासिनोले १० करोड ३५ लाख ६२ हजार रुपैयाँ सहित ४ महिना तलब र २४ महिनाको सञ्चय कोष उपलब्ध गराउन बाँकी रहेको छ। जसअनुसार क्यासिनो एभरेस्टले ३४ करोड रुपैयाँको पुरानो बक्यौता तिर्नुपर्ने छ।

सुरुवाती चरणमा दैनिक १५ लाख रुपैयाँ बराबरको कारोबार रहने सञ्चालक चक्रबहादुर शाहको भनाइ छ। १० वर्ष करार जिम्मा पाएको एभोलन इन्टरनेसनल प्रालिबाट चक्रबहादुर शाह  क्यासिनो सञ्चालनको जिम्मेवारी लिएका छन्। 'अहिले हामी दैनिक १५ लाख रुपैयाँ कारोबार गर्ने अपेक्षा गरेका छौं, विस्तार बढ्ने छ हामीले पुरानो बक्यौता तिर्ने विषय पहिलो प्राथिमकतामा राखेका छौं' शाहले थाहा खबरसँग भने।

५ सय कर्मचारी काममा फर्किए

बन्द हुनु पूर्व ८ सय ४८ कर्मचारी कार्यरत क्यासिनो एभरेस्‌‍ट पुन: सञ्चालनमा आउँदा ५ सय कर्मचारी फर्किएका छन्। क्यासिनो व्यवस्थापकले साउन १ गतेदेखि ९ गतेसम्म काममा फर्कन इच्छुक कर्मचारीलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो।

'अहिले ५ सयभन्दा बढी कर्मचारी पहिलो दिनमा काममाम आउनु भएको छ, पुराना साथीहरुबाटै सञ्चालन गर्ने योजना छ' शाहले भने। उनले तत्काललाई नयाँ कर्मचारी नराखेर पुरानै कर्मचारीलाई प्राथमकिता दिने बताएका छन् यसको लागि अझै एक महिना पुराना कर्मचारीले फर्कने अवसर पाउनेछ। कर्मचारी र व्यवस्थापकबीच विगतमा भएको सहमतिअनुसार सेवा सुविधा उपलब्ध गराउने शाहले बताए।

यो पनि पढ्नुस्

एभरेस्ट क्यासिनो सञ्चालनको अन्तिम तयारी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.