|

  • बुद्धकुमार आछामी

सिन्धुली : पन्चेबाजा बज्ने बित्तिकै सबैलाई आनन्द र खुसी लाग्छ किनकी यो नेपालको मौलिक संस्कृतिको अभिन्न पाटो हो। तर सबै नेपालीहरुको मन छुने पञ्चेबाजा पछिल्लो समय लोप हुने क्रममा छ।

लोकप्रिय पन्चेबाजाको संरक्षण र सम्बद्र्धनका लागि राज्यले कुनै पहल नगर्दा यो बाजा लोपोन्मुख बनेको हो। पन्जेबाजा बजाउने नेपाली समुदायका युवा सामाजिक रूपमा उपेक्षित हुनु बाजा लोप हुनुको अर्को कारण हो। 

सुनकोशी गाउँपालिकाका स्थानीय राजु परियार समाजले पन्चेबाजा बजाउने युवाहलाई सम्मान दिनुको सट्टा उल्टै उपेक्षा गर्ने गरेका कारण धेरैले पुर्खौली पेशा छाडेको बताउँछन्। उनले वैदेशिक रोजगारीका लागि युवाहरु विदेशिएका कारण पनि पन्चेबाजा बजाउनेको संख्यामा कमी आएको बताए। 

परियारको अनुभवमा पहिला विवाहका क्रममा रात बस्ने चलन थियो। त्यसैले पन्चेबाजा पनि रातभर बजाइन्यो। तर अहिले एकैदिनमा विवाह सम्पन्न गर्ने चलन छ। बाजा बजाउने चलन क्रमश: कम हुँदै गयो। 

समाजमा हुने विवाह, व्रतबन्ध लगायत शुभ कार्यमा पञ्चेबाजा बजाउने चलन छ। तर पछिल्लो समय पन्चेबाजाको प्रयोग हट्दै गएको र बाजा बजाउने समुदायले समेत आफ्नो पेशा परिवर्तन गरेको उनी बताउँछन्।

नौमती पन्चेबाजा अन्तर्गत अहिले नर्सिया भन्ने बाजा देखिन छाडेको मात्र होइन यस बाजा बजाउने मानिस समेत नभेटिने गरेको पोखरी गाविसका स्थानीय बच्चु नेपाली बताउँछन्। । यस बाजा बजाउन बढी मात्रामा मेहिनत गर्नुपर्ने हुन्छ। नेपालीका अनुसार नौमती बाजा नेपालको लोकबाजा भए पनि यसको उचित किसिमबाट संरक्षण हुन सकेको छैन।

दमाह, झाली, ट्याम्को, ढलकी, कर्नाल सनाई लगायतका बाजा पञ्चेबाजा अन्तर्गतका बाजा हुन्। यस बाजाको राज्यबाट संरक्षणका लागि चासो देखाउन सके नेपाली कला, संस्कृति संरक्षण हुने र नेपालीपन कायम रहने कमलामाई नगरपालिकाका स्थानीय बाबुराम परियार बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.