|

गुल्मी : इस्मा गाउँपालिका ४ सिम्पानीका ३७ वर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो। २४ वर्षदेखि भारतमा बस्दै आएका थापा वर्षमा एकपटक घर बिदामा नेपाल आउने गरेका छन्। 

उनको बिहे भएको १३ वर्ष पुग्यो। तर अहिले ९ महिनाको दुधे बालक छाडेर श्रीमती बिना थापा बेपत्ता भएछि उनी चिन्तामा छन्। थापाको परिवारमा २ छोरीसमेत छन्। 

घरबाट सदरमुकाम तम्घास हिडेंकी ३० वर्षीय श्रीमती जति खोज्दा पनि नभेटिएको थापाले बताए। उनले बैंकमा राखेको पैसा समेत झिकेर श्रीमती बेपत्ता भएको बताए।

घरमा बाँधिएको लैनो भैसी, २ बाख्रा र एउटा बोको समेत श्रीमतीले बेचेको थापाको आरोप छ। थापाले भारतको साकेतमा गाडी चलाउँदै आएका छन्। गाडी चलाएर वर्षको ४ लाख कमाउने गरेको उनले बताए। 

‘सबै कमाई उसैलाई पठाउँथे। साइन रेसुङ्गामा खाता खोलेको छु भनेकी थिइ। बैंकमा बुझ्दा  १९ लाखमा एक रुपैयाँ छैन,’ उनले भने। उनले गाउँलेले परपुरुषसँग बिनाको सम्बन्ध रहेको हल्ला चलाएपछि आफ्नो थप बेइज्जती भएको बताए।

‘गाउँभरी भागेको भन्ने हल्ला छ। मेरो भन्नु छोराछोरीबाहेक कोही रहेनन्,’ थापाले भने। सोमबार इस्मा प्रहरीचौकीमा उजुरी दिएपनि अहिलेसम्म कुनै सुचना नआएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.