|

इलाम : बहुविवाहको आरोपमा प्रहरीले सुर्योदय नगरपालिकाबाट २ जोडीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्योदय नगरपालिका १० का प्रेम विनोद शाह र उनकी कान्छी श्रीमती भगवती शाह छन्।

शाहकी जेठी पत्नी पुजा शाहले बहुविवाह गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरीक्षक शिवकुमार बुढाथोकीले जानकारी दिए। त्यसैगरी सुर्योदय नगरपालिका ११ का सन्जीव राई र माया प्रधानलाई पनि प्रहरीले पक्राउ गरेको थियो। 

सन्जीवकी जेठी पत्नी धनमाया आले राईले पति विरुद्ध बहुविवाहको आरोपमा कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उनीहरु दुबै जिल्ला अदालतबाट धरौटीमा रिहा भएको बताइएको छ। धनमायाका एक नावालक छोरा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.