|

पोखरा कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१७ आँखा अस्पतालचोक नजिकै एक जना कोठामा मृत अवस्थामा फेला परेका छन्। 

स्थानीय कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्ने पर्वत जिल्ला घर भएकाअन्दाजी ५८ वर्षका लीलाबहादुर कुँवर मंगलबार मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ। 

साँझ खाना खाएर सुतेका गुरुङ बिहान अबेरसम्म नउठेपछि घरधनीले प्रहरीलाई जानकारी गराएका थिए। शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.