|

अफगानिस्तानको हेरात प्रान्तको मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका श्रद्धालुहरुमाथि मंगलबार गरिएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिल एन्टोनियो गुटरेसले निन्दा गरेका छन्।

उक्त हमलामामा १५ जना घटनास्थलमा मारिएका थिए। उपचारका क्रममा बुधबार बिहानसम्म मारिनेको सङ्ख्या २९ पुगेको जनाइएको छ।

महासचिव गुटरेसका प्रवक्ता स्टेफेन डुजारिकले जारी गरेको विज्ञप्तिमा आक्रमण अत्यन्तै निन्दनीय रहेको र यस्तो घातक हमलामा सक्रिया हुनेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा महासचिवले जोड दिएको उल्लेख छ।

‘प्रार्थना गर्न बसेका सर्वसाधारण व्यक्तिलाई यसरी बम हमला गरेर ज्यान लिनु नागरिकको आधारभूत मानअधिकारको गम्भीर हनन् मात्र नभएर मानवताविरुद्धको अपराध हो', विज्ञप्तिमा भनिएको छ।

यस हमलाले नागरिकको बाँच्न पाउने र आफ्नो परम्परा, धर्म र संस्कार अवलम्बन गर्न पाउने अधिकारमाथि हिंसात्मक रुपमा धावा बोलेको कुरा उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको इराकी राजदूतावासमा भएको हमलाको एकदिन पछि यो हिंसात्मक आक्रमण गरी २९ जनाको मृत्यु भएको छ। हमलामा दुतावासका केही कर्मचारी घाइते भएको बताइएको छ।

हेरात नगरको एक मस्जिदमा भएको सो हमलामा परी केही बालबालिका पनि मारिएका छन। त्यस्तै महिला र बृद्धबृद्धाहरुका शव पनि घटनास्थल परिपरि छरपस्ट अवस्थामा रहेका टेलिभिजनहरुले देखाएका थिए।

हमलामा कम्तीमा ६४ जना सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था अत्यन्तै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

सो हमलामा दुई जना आत्मघाती हमलाकारीको संलग्न रहेको छ। हमलाकारीमध्येका एकजनाको आफैले गराएको  विस्फोट गराएको बमबाट मृत्यु भएको थियो भने अर्का हमलाकारीलाई प्रहरीले गोली हानेर मारेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.