|

काठमाडौँ: चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।

निरभलाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार काठमाडौँमा पक्राउ गरेको हो। पक्राउ परेका ज्ञवालीलाई साइबर अपराधमा मुद्दा अघि बढाइने तयारी गरिएको काठमाडौं जिल्ला अदालतमा रहेका हाम्रा संवाददाता सविना खनालले जनाएकी छिन्।

सामाजिक सञ्जाल फेसबुकमा आफूलाई गाली गलौज गरेको भन्दै भरतपुर महानगरमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहालले निरभविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। दाहालको सोही उजुरीका आधारमा ज्ञवाली प्रकाउ परेका हुन्।

पक्राउ पछि म्याद थपका लागि ज्ञवालीलाई अहिले काठमाडौँ जिल्ला अदालत लगिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.