|

दमक : झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा पनि स्वाइनफ्लुका बिरामी फेला परेका छन्। बिर्तामोडका दुई महिलाको स्वाइनफ्लुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। मृत्यु हुनेमा बिर्तामोड–१ की ३७ वर्षिय मनिषा अग्रवाल र बिर्तामोड ४ की ४७ वर्षिय अनीतादेवी मित्ततल रहेको जिल्ला जनस्वस्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत  कुलबहादुर पौडेलले बताए।

 उनका अनुसार उनीहरुको दिल्लीस्थित एपोलो अस्पतालमा मृत्यु भएको हो। उनले भने, ‘मित्तलको चाँहि साउन १ गते मृत्यु भएको रहेछ, अग्रवालको चाँहि १५ गते मृत्यु भएको रहेछ।’ मृतकका परिवारले बताएको लक्षण र अस्पतालको रिर्पोटअनुसार उनीहरुलाई स्वाइनफ्लुनै भएको पौडेलले बताए।

उनले भने, ‘उनीहरुको लक्षणका आधारमा र अस्पतालले दिएको रिर्पोटको आधारमा ९९ प्रतिशत स्वाइनफ्लु हो भन्नेमा हामी विश्वस्त छौं आज फिल्ड भिजिट पनि गर्यौँ, मितलको ल्याव रिर्पोट चाँहि परिवारले इन्डियामै छाडेछन्, अब अग्रवालको भोलि ल्याउँदै छन्, त्यसपछि थप केही भन्न सकिन्छ।’

आफूहरु आजै त्यस स्थानमा डाक्टर सहितको टोली लिएर गएको उनले बताए। उनका अनुसार स्वाइनफ्लु हो कि होइन भन्नलाई बिर्तामोड नगरपालिकाको प्रमुख ध्रुव कुमार सिवाकोटीको अध्यक्ष बैठक बसी डाक्टर दुर्योधन यादवको संयोजकत्वमा ४ सदस्यीय अनुसन्धान टोली गठन गरेको बताए।

उनले भने, ‘हामीले ४ सलस्यीय टोली गठन गरेका छौँ यसले चाँहि स्वाइनफ्लु हो कि होइन भन्ने भोलिदेखि नै अनुसन्धान गर्छ र नगरपालिका जिल्ला जनस्वाथ्य कार्यालय र स्वास्थ्य मन्त्रालयमा रिर्पोट बुझाउँछौं।’

उनले झापावासी सबैमा सतर्क रहन आग्रहसमेत गरे पौडेलले भने, ‘यो सरुवा रोग हो, जतिसक्दो सचेत रहनुहोस्, सधैं माक्स लगाउनुहोस् र सचेत बन्नुहोस् विरामीसँग सकभर नजिक नहुनुहोस्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.