|
File Photo

एजेन्सी : पेरिस सेन्ट जर्माइनले विश्वकिर्तिमानी रकममा अनुबन्ध गर्न लागेका ब्राजिली स्टार नेमारलाई लियोनल मेसीले सफलताको शुभकामना दिएका छन्। मेसीले नेमारले बार्सिलोना हुँदा निकै उत्कृष्ट खेलेको मेसीले बताएका छन्।

यसअघि मेसीसहित बार्सिलोनाका खेलाडीहरुले पटक-पटक नेमारलाई क्लब नछाड्न आग्रह गरेका थिए। नेमारले बुधबार मात्रै बार्सिलोनाको बोर्ड तथा क्लबका सहकर्मीहरुलाई क्लब छाड्ने विषयमा जानकारी गराए। लामो समय मौन रहेका नेमारले पिएसजीसँगको सम्झौता पक्का भएपछि मुख खोलेका हुन्।

बार्सिलोनाले नेमारलाई क्लब छाड्नका लागि अनुमति समेत दिइसकेको छ। तर नेमारका लागि तोकिएको २ सय २२ मिलियनको स्थानान्तरण रकम एकैपटक बुझाउन माग समेत गरेको छ।

नेमारले बुधबार बार्सिलोनाको नियमित प्रशिक्षणका अवसरमा क्लब छाड्न लागेको जानकारी गराएका हुन्। यस जानकारीपछि उनलाई प्रशिक्षक अर्नेस्टो भेलभार्डोले अभ्यास नगर्न छुट दिए। उनले नेमारको सुन्दर भविष्यको कामना समेत गरे। नेमारले अभ्यास सत्रकै दौरान क्लबका सहकर्मी खेलाडीहरुसँग बिदा मागे।

नेमारको निर्णयपछि मेसीले ४ वर्ष एकसाथ खेल्न पाउनु निकै खुसीको विषय रहेको प्रतिक्रिया दिएका छन्। मेसीले सन् २०२१ सम्मका लागि बार्सिलोनामै रहने सम्झौता गरिसकेका छन्।

मेसीको छायाबाट मुक्त हुनका लागि नेमार पेरिस सेन्ट जर्माइन जान लागेको धेरैको अनुमान छ। नेमारले बार्सिलोनाबाट १ सय ८६ खेल खेल्दै १ सय ५ गोल गरेका छन्।

त्यसमध्ये उनले २० गोल मेसीको पासमा गरेका छन्। नेमारले ५९ गोलका लागि सहकर्मी खेलाडीलाई पास समेत उपलब्ध गराएका छन्। जसमध्ये २० गोलका लागि मेसीलाई पास उपलब्ध गराएका छन्। मेसी, सुआरेज र नेमारको जोडी विश्व फुटबलकै सबैभन्दा बलियो अग्रपंक्ति मानिन्थ्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.