|

डडेल्धुरा : कुपोषित बाललिकाको संख्यामा कमी ल्याउन अब डडेल्धुरामा स्थानीय तहले बजेट छुट्याउने भएका छन्। 

स्थानीय स्तरबाटै योजना बनाई पाँच वर्षभित्र अमरगढी नगरपालिकालाई कुपोषणमुक्त नगर बनाउन जनप्रतिनिधि तथा सरोकारवालाहरुले प्रतिबद्धता जनाएका हुन्। 

कुपोषणका क्षेत्रमा काम गर्दै आएको बहुक्षेत्रीय पोषण योजनालाई स्थानीय निकायले सघाउने भएका छन्। नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको बहुक्षेत्रीय पोषण योजनालाई विभिन्न दातृ निकायले सहयोग गरेका छन्। 

डडेल्धुरामा कम तौल हुने बालबालिकाको संख्या ७ प्रतिशत रहेको छ। बर्सेनि ५४ प्रतिशत बालबालिकाको मृत्यु कुपोषणका कारण हुने गरेको तथ्यांक छ। 

बुधबार संघीय प्रणालीमा पोषण योजना कार्यान्वयनसम्बन्धी नगरपालिकास्तरीय अभिमुखीकरण गोष्ठीमा नगर प्रमुख, वडा अध्यक्ष, सचिव एवं स्वास्थ्य कार्यालय, योजना कार्यक्रम लगायत सरोकारवालाहले कुपोषण न्युनीकरणका लागि गरिने कार्ययोजनामा  प्रतिबद्धता जनाएका छन्। 

बालवालिकामा हुने कुपोषणमा न्युनीकरण गर्न गर्भवती तथा सुत्केरी आमालाई पोषण भत्ता प्रदान गर्ने, प्रत्येक वडामा निशुल्क गुणस्तरिया उपचारको व्यवस्था गर्ने, बालवालिकालाई अनिवार्य विद्यालय पठाउने वातावरण बनाउनेलगायतका कार्यक्रम छन्। 

गतवर्षदेखि डडेल्धुरामा सचालित बहुक्षेत्रीय पोषण योजना साविका १० वटा गाविस र एक नगरपालिकामा मात्रै सिमित थियो। अब सात वटै स्थानीय तहमा योजना सञ्चालन गरिने योजना अधिकृत धर्म उप्रेतीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.