|

काठमाडौं : सरकारले ११ जना प्रहरी नायब महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि असार ३१ गते गृह मन्त्रालयले सिफारिस गरेको ११ जनालाई नै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको हो।

जसमा पहिलो बरियतामा बमबहादुर भण्डारी र दोस्रो बरियतामा जयबहादुर चन्द रहेका छन्। यसअघि प्रहरीको बढुवा समितिले गरेको सिफारिस अनुसार ११ जनालाई बढुवा गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।  

बढुवा हुने अन्य प्रहरी अधिकृतहरुमा देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई रहेका छन्।

मन्त्रिपरिषद बैठकले अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन दिएको ५१ अर्ब ३८ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। उक्त रकम ५ वर्षभित्र सडक यातायात र विद्युत प्रशारणमा खर्च गर्नुपर्ने सूचना तथा सञ्चार मन्त्री बस्नेतले जानकारी दिए। मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.