|

काठमाडौं : रेखा थापा र आर्यन सिग्देलको मूख्य भूमिका रहेको फिल्म 'रुद्रप्रिया'को 'चिरबिर चिरबिर चाँचरी' बोलको गीत सार्वजनिक भएको छ। यी दुई कलाकार ७ वर्षपछि एउटै फिल्ममा देखिएका हुन्। उनीहरुले अन्तिमपटक फिल्म हिफाजतमा सँगै काम गरेका थिए।

युट्यूबमार्फत सार्वजनिक भएको गीतमा राजनराज शिवाकोटी र मेलिना राईको आवाज छ। शब्द र संगीत राजनराजको छ। प्रविण सिंहको कोरियोग्राफी रहेको गीतको भिडियो खिच्न २० लाख खर्च गरेर सेट निर्माण गरिएको फिल्म निर्माण पक्षको दाबी छ। 

सुदीप सिंह 'बोबी'ले निर्देशन गरेको फिल्मको कथा रुवी सेन सिंहले लेखेका हुन्। फिल्मको निर्माण सरस्वति थापा र आर्यन फिल्मस् ले गरेको हो। रेखा फिल्मस्को प्रस्तुती रहेको फिल्म कार्तिक २ गते लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आउदैँछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.