|

डडेल्धुरा :  प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील रंगुनखोलामा वर्षेनी ७/८ जनाको बाढीकै कारण  मृत्यु हुने गर्छ। हरेक वर्ष वर्षायाममा बाढी आउँदा खोला तर्ने गाउँलेहरु यसको शिकार हुने गरेका छन्। रंगुनखोलामा पुन निर्माणाधीन अवस्थामा रहेकाले यहाँ पुलबाट वारपार गर्न अझै २ वर्ष लाग्ने अनुमान छ।

वर्षायाममा समयमा उद्दार हुन नसक्दा बाढीका कारणले धेरै जनाले ज्यान गुमाउने हुनाले बुधबार यस खोलामा बाढीको समयमा उद्दारको पूर्वतयारी अभ्यास गरियो। समुदायमा जनचेतना जगाउने तथा विपद्का बेला कसरी जोगिने भन्ने उद्देश्यले जिल्ला दैवीप्रकोप उद्दार समिति, सशस्त्र प्रहरी बल तथा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को पहल परियोजनाले बाढीमा उद्दारको पूर्वतयारी गरेको हो।  

विपद व्यवस्थापन इकाइ अन्तर्गत समुदायमा रहेका कार्यदल तथा खोज उद्दार कार्यदलहरुलाई मानवीय क्षति न्युनीकरण गर्न रंगुनखोलामा उक्त अभ्यास सञ्चालन गरेको रुडुक पहल कार्यक्रमका विपद् व्यवस्थापन अधिकृत अमर साउदले बताए।

आफूहरु जोखिम मोलेर भए पनि वर्षातको मौसममा खोला तर्न बाध्य भएको स्थानीय हरिदत्त जैशी बताउँछन्। ‘खोला तर्दा हामी पचाँस रुपैयाँ तिरेर ट्युबमा खोला तर्ने गर्थ्यौं, तर अभ्यासले म अब सजिलै खोला बढेको बेला तर्न तथा डुबेको मान्छेलाई बचाउन सक्छु’ उनले भने।

हेर्नुस् फोटोहरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.