|

  • दाना शाही

जुम्ला : गएको आर्थिक वर्ष २०७३/७४ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट ३० हजार भन्दा बढी बिरामीले उपचार सेवा लिएका छन्।

कालिकोट, मुगु, डोल्पा, जाजरकोट र जुम्लाका जिल्ला गरेर ३० हजार ५२७ बिरामीहरुले प्रतिष्ठान जुम्लाबाट उपचार सेवा लिएका हुन्। प्रतिष्ठानको ओपिडी सेवाबाट २६ हजार ४२८ जनाले उपचार सेवा लिएको प्रतिष्ठानका मेडिकल निर्देशक डा.पूजन रोकायाले जानकारी दिए। इमरजेन्सीबाट तीन हजार ५०६ जनाले उपचार सेवा लिएको मेडिकल निर्देशक डा. रोकायाले बताए।

मेडिकल रेकर्ड विभागका मेडिकल रेकर्डर धनबहादुर शाहीले सामान्य डेलिभरी ५१७, भ्याकुम डेलिभरी ८ र सी.एस. डेलिभरी ६८ जनाको गरिएको बताए। प्रतिष्ठानको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ मा ओपीडी सेवा लिने बिरामीको संख्या १८ हजार ४८८, २०७१/७२ मा २३ हजार ७५६ र २०७२/७३ मा २४ हजार ८२६ रहेको जनाए। उपचारको क्रममा जुम्लामा ५७ हजार ४६० जनाले ल्याब जाँच गरेको प्रतिष्ठानले जनाएको छ। 

त्यस्तै प्रतिष्ठानको इमर्जेन्सीबाट २०७०/०७१ मा ३ हजार २१९, २०७१/७२ मा ३ हजार ८७५ र २०७२/०७३ मा तीन हजार २७६ जनाले उपचार सेवा लिएको जनाइएको छ। आर्थिक वर्ष २०७०/७१ मा सामान्य र जटिल खालका २०१ मत्र अपरेसन गरेकोमा २०७१/७२, ७२/७३ र ७३/७४ मा क्रमशः २ हजार ९२४, २ हजार ८६५ र २ हजार ९३५ बिरामीको शल्यक्रिया गरिएको छ।

अस्पतालमा दैनिक सेवाग्रहीको पहुँचमा बढ्न थालेको प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिए। प्रतिष्ठान स्थापना भएपछि सुर्खेत, नेपालगञ्ज, काठमाडौं उपचार गर्दा लाखौं खर्च गर्ने कर्णालीबासीलाई ठूलो राहत पुगेको उनको भनाई छ।

सजिलै स्वास्थ्य सेवा लिनका लागि पिछडिएका ९ वटै जिल्लाहरु सडक सञ्जालमा जोडिनुपर्नेमा कर्णालीबासीले राज्यलाई अनुरोध गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.