मनोरञ्जन

बेलायतका फिल्म हलमा लाग्यो 'धनपति'
SHARES

साउन १९, २०७४

    काठमाडौं : दीपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म 'धनपति' बेलायतमा प्रदर्शन भएको छ। बेलायतमा फिल्म प्रदर्शनको जिम्मा ३२ बक्सले पाएको छ।  ३२ बक्सका एलबिजेट गुरुङका अनुसार यो फिल्म फिल्म फोल्कस्टोनस्थित टावर थियटरमा गत जुलाई ३० तारिखमा प्रदर्शन गरियो। 

    फिल्मले बेलायतका सबै सहरमा प्रदर्शनको अनुमति पाएको गुरुङले बताए। उनका अनुसार अल्डरसटस्थित द एम्पायर हलमा २०१७ अगस्ट १८ र लण्डन सपारी सिनेमा हलमा अगस्ट २० मा फिल्म प्रदर्शन हुनेछ

    जी नाइनसँगको सहकार्यमा ३२ बक्सले बेलायतभर फिल्म प्रदर्शन गर्न लागेको हो। यसअघि नेपालमा यो फिल्मले राम्रो व्यापार गरेको थियो। नेपालमा प्रदर्शन हुनपूर्व नै 'धनपती' अमेरिकामा प्रदर्शन गरिएको थियो। 

    खगेन्द्र लामिछानेको लेखन र मुख्य भूमिका रहेको 'धनपति' ले नेपालमा २ करोड बढीको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ। लामिछाने र खनालले यसअघि 'पशुपतिप्रसाद' फिल्मको निर्माण गरेका थिए।

    टुकी आर्ट्स प्रालिले निर्माण गरेको धनपतिमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]