|

कावासोती : पूर्वपश्चिम रार्जमागअन्तर्गत नवलपरासीको दाउन्नेमा गएराति १२ बजेदेखि अवरुद्ध सडक १० घण्टापछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। डिभिजन सडक कार्यलय बुटवलको जेसीबीले पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो।

दाउन्नेको एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको थिायो। स-साना पहिरोले दाउन्नेमा सडक अवरुद्ध भइरहेका बेला तीन दिनदेखिको लगातारको वर्षाले दाउन्नेको सडकमा ३ वटा ठूलो पहिरो गएको हो।

शुक्रबार दिउँसोसम्म सडक दुईतर्फी सञ्चालनमा आउने इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक लिलाबहादुर कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.