|

बागलुङ :  लगातारको बर्षाका कारण आएको पहिरोले पश्चिम बागलुङका विभिन्न ठाउँमा १ जनाको मृत्यु भएको छ भने ५ जना वेपत्ता भएका छन्। वेपत्ता हुनेमा चार जना एकै घरका रहेका छन्।

घरमाथिबाट खसेको पहिरोले पुरिएर ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको मृत्यु भएको छ। उनका छोरा पनि सामान्य घाइते भएका छन्।

यस्तै निसीखोला गाउँपालिका–२ मा पहिरोमा पुरिएर एकै परिवारका चार जना वेपत्ता छन्। ६८ वर्षीय मणिमान छन्त्याल, उनकी पत्नी नन्दकली छन्त्याल, बुहारी बिन्दु छन्त्याल र छोरी गीता छन्त्याल बेपत्ता भएका बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिए।

निसीखोला गाउँपालिका १ हुल्दीमा पहिरोमा पुरिएर अर्की एक महिला वेपत्ता भएकी छन्। स्थानीय लालबहादुर सिञ्जालीको अन्दाजी ६५ वर्षीया आमा वेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। बिहीबार राति भीषण बर्षाका कारण जिल्लाका धेरै ठाउँमा परेको गएको छ।

‘जिल्लाको पश्चिम भेगको थुप्रै ठाउँमा पहिरो गएको छ’ प्रहरी प्रमुख खापुङले भने ‘घटनास्थलमा प्रहरी पुगेर उद्दारको काम गरिरहेको छ, विस्तृत विवरण आउन बाँकी छ।’ कतिपय ठाउँमा प्रहरी पुग्नुभन्दा पहिल्यै स्थानीय बासिन्दा समेत उद्दारमा खटिएका छन्। लगातारको बर्षाले खोलामा स्थानीय खोलाहरुमा पनि बाढी आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.