|

बुटवल : रूपन्देहीको तिलोत्तमामा अज्ञात व्यक्तिले गोली चलाएपछि स्थानीय त्रसित भएका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार करिब १२ बजे मणिग्राम चोकमा रहेको श्रीसा मार्बलमा ग्राहक बनेर आएका २ युवाले ३ राउन्ड गोली चलाएका थिए।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि मुकुन्द मरासिनीले उनीहरूले डर देखाउने हिसाबले गोली चलाएर भागेको र उनीहरूको खोजी भइरहेको जानकारी दिए।

हातमा हेलमेट लिएर आएका उनीहरूले मार्बलका बारेमा सोधेको र गोली चलाएर भागेको मार्बल पसलका सन्चालक दुर्गालाल भण्डारीलाई उदृत गर्दै उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.