प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

स्वास्थ्य

दमकका व्यवसायीलाई आम्दा अस्पतालमा ५० प्रतिशत छुट
SHARES

साउन २०, २०७४

    दमक : उद्योग वाणिज्य संघ दमकसँग आबद्ध दमकका व्यवसायीहरुले आम्दा अस्पताल दमकमा उपचार गराउँदा छुट पाउने भएका छन्। आम्दा नेपालद्वारा सञ्चालित आम्दा अस्पताल र उद्योग वाणिज्य संघबीच भएको सम्झौतामा दमकमा रहेका व्यवसायीले अब आम्दामा उपचार गराउँदा छुट पाउने भएका हुन्।

    अस्पताल भर्ना हुँदा बेड चार्जमा ५० प्रतिशत, निदानात्मक सेवा (ल्याब, एक्सरे, भिडियो एक्सरे, इसिजि, इको) मा ५० प्रतिशत, शल्यक्रियामा ५० प्रतिशत  ल्याप्रोसकोपिक सर्जरीमा २५ प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ। यस्तै, अस्पतालको फार्मेसीमा उपलब्ध औषधिमा ५ प्रतिशत, बहिरंग र आकस्मिक सेवामा ५० प्रतिशत छुट गरिने सम्झौता भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नवीन ढकालले बताए।

    उनले अस्पतालको सामाजिक सेवाअन्तर्गत यो सम्झौता गरिएको बताए। उनले भने,‘ आम्दाले सञ्चालन गरेको यो पहिलो अस्पताल हो, यो अस्पताल सुरु हुँदा नै समाजलाई योगदान पुर्याउने भन्ने योजना थियो, सोहीअनुसार हामी अघि बढेका छौं।’ उनले अम्दाको धुलाबारी र बुटवलको अस्पतालमा पहिलादेखि नै नगरपालिका र वाणिज्य संघसँग सहकार्य भइरहेको बताए।

    उनले भने, ‘यो सरकारकै सम्पति हो, यसले समाज सेवा गर्नुपर्छ।’ उनले सेवा लिन आउँदा वाणिज्य संघले जारी गरेको प्रमाण पत्र लिएर आउनु पर्ने बताए। उनले भने,‘ वाणिज्य संघका सदस्यले नविकरण भएको परिचय पत्र ल्याए हुन्छ, उनका परिवारका सदस्यले वाणिज्य संघले सिफारीस गर्नुपर्छ।’

    सम्झौता कार्यक्रममा बोल्दै दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले आम्दा अस्पतालसँगको यो सहकार्यले व्यवसायीलाई धेरै सहज भएको बताए। उनले भने, ‘यसले अस्पताल र हाम्रो सम्बन्धलाई थप राम्रो बनाएको छ, गरिब व्यवसायीलाई समेत राहत मिलेको छ।’

    आफू पनि आम्दा अस्पताल सञ्चालक समिति सदस्य भएका कारण वाणिज्य संघले पनि अस्पताललाई सहयोग गर्दै जाने बताए। उनले भने,‘ अस्पतालमा धेरै समस्याहरु छन्, म यहाँको सदस्य भएका कारण धेरै समस्या देखेको छु, समस्या समाधानमा हामी सधैं अस्पताललाई सहयोग गर्नेछौं।’सम्झौता पत्रमा वाणिज्य संघका तर्फबाट अध्यक्ष राजेन्द्र ढकालले र अस्पतालका तर्फबाट डाक्टर नवीन ढकालले हस्ताक्षर गरेका छन्। 

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]