|

बुटवल : रूपन्देहीको तिलोत्तमामा शुक्रबार दिउँसो गोली चलेको घटनाको प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका मनोज पुनले जिम्मा लिएका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार करिब १२ बजे मणिग्राम चोकमा रहेको श्रीशा मार्बलमा ग्राहक बनेर आएका २ युवाले ३ राउन्ड गोली चलाएका थिए।

प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका मनोज पुनले चन्दा नदिएका कारण रुपन्देहीको तिलोत्तमामा गोली चलाएको भन्दै घटनाको जिम्मा लिएका हुन्। मणिग्राम चोकमा रहेको श्रीसा मार्वलका सञ्‍चालक दुर्गा भण्डारीका छोरा दीपकलाई फोन गरी पुनले ३० लाख रुपैयाँ चन्दा मागेको भए पनि नदिएका कारण चेतावनीस्वरुप गोली चलाएको बताएका हुन्। पुनले चन्दा नदिए थप आक्रमण गर्ने चेतावनी दिएका छन्।

यसअघि, पुनकै योजनामा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको थियो। त्यसयता पुनले चन्दा आतंक मच्चाएको प्रहरीको भनाइ छ। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले उनीहरूले डर देखाउने हिसाबले गोली चलाएर भागेको र उनीहरूको खोजी भइरहेको जानकारी दिए। हातमा हेलमेट लिएर आएका उनीहरूले मार्बलबारे सोधेको र गोली चलाएर भागेको मार्बल पसलका सञ्चालक दुर्गालाल भण्डारीलाई उदृत गर्दै उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.