|

उदयपुर : उदयपुरका पहाडी क्षेत्रमा रहेका ग्रामीण सडक वर्षाका कारण जोखिमपूर्ण बनेको छन्। वर्खाले सडक हिलाम्य हुनुका साथै खाल्डाखुल्डी परेका कारण सदरमुकाम भित्रिने तथा बाहिरिने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। ठाउँ–ठाउँमा पहिरो खसेको तथा सडक हिलाम्य भएका कारण यातायातका साधन सञ्चालनमा निकै समस्या भइरहेको यातायात व्यवसायीको भनाइ छ।

घाम लागेका बेला जसोतसो गाडी चलाउने गरे पनि पानी परेका बेला गाडी चलाउन निकै समस्या हुने गरेको सवारी चालक लालबहादुर झाले बताए। ‘धेरै ठाउँमा पहिरो खस्दा सडक साँघुरो भएको छ,’ उनले भने, ‘धेरै ठाउँमा पहिरोको उच्च जोखिम छ। पानी परेको बेला सडक पूरै हिलाम्य हुने भएकाले गाडी गुडाउन सजिलो छैन।’ सडक निर्माण गरिए पनि सडकको स्तरवृद्धिमा सरोकारवाला निकाय मौन रहँदा भगवान् भरोसामा गाडी चलाउने गरेको चालकहरूको भनाइ छ।

 उनका अनुसार दुर्घटना भइहाले भने ड्राइभरको गल्तीका कारण भयो भन्छन् तर, सडकको स्तरोन्नतिका लागि कसैले चासो दिँदैनन्’ झाले भने, ‘कुन ठाउँमा कति बेला के हुने हो भन्न सकिने अवस्था छैन।’ जोखिम मोलेर यात्रा गर्नु आफूहरूको बाध्यता रहेको यात्रुले बताएका छन्।

‘काम विशेषले सदरमुकामसहित जिल्लाका विभिन्न ठाउँमा गइरहनुपर्छ,’ रौतामाई गाँउपालिका लाफागाँउका खिलराज राईले भने, ‘हिँडेर जान सकिँदैन, जोखिमपूर्ण भए पनि गाडीमा यात्रा गर्नै पर्ने अवस्था रहेको छ।

जिल्ला सदरमुकामलाई जिल्लाका अन्य गाउँसँग जोड्न उदयपुरमा दर्जनौ बढी ग्रामीण सडक बनेका छन्। वर्षायाम सुरुसँगै जिल्लाका सबै ग्रामीण सडक आंशिक अवरुद्ध छन्। सदरमुकाम गाईघाटदेखि, फोक्सिनटार जाने सगरमाथा लोकमार्ग केहि दिन देखि पहिरो झरेर अबरुद्ध भएका छन। त्यसैगरी कटारी–रुपाटार, कटारी–इनामे–मार्झखर्क, कटारी– ठानागाँउ, कटारी– बर्रे, कटारी–नेपालटार, बेल्टार–गाईघाट, मोतिगडा– फत्तेपुर जाने सडक आंशिक रूपमा सञ्चालनमा रहेको छ।

त्यसैगरी बेल्टार–चौदण्डीगढी–रानीटार, सोमबारे–मैनामैनी–मचुङटार नेपालटार–उदयपुरगढी– डुम्रे, बेल्टार–साउने, मुर्कुचि– माझर्खक, मुकुर्चि– भुट्टार, देउरी– दमौटी, फोक्निटार– रसुवा, रसुवा– लाफागाँउ सडक वर्षाले बन्द भएको छ।

जिल्ला प्राविधिक कार्यलयका उदयपुरका सवइन्जिनियर ईश्वर थापाका अनुसार गाँउमा सानो सानो लगानीमा निर्माण गरिएका सडक वर्खामा जोखिमपूर्ण बन्ने गरेका छन। ‘थोरै पैसालमा धेरै लामो सडक निर्माण गर्दा गुणस्तरी हुँदैन, उनले भने; ’उदयुरका पहाडी क्षेत्रका सडक कहिले बर्खाको बेला गाडी चलेका हुन र?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.